बिहीबार, असार ३२, २०८३

नेपाल र श्रीलंकाले अंक बाँडे

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको छ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको छ। पहिलो हाफको ३६औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै दिलाएको अग्रता इन्जुरी समयको दोस्रो मिनेटमा टुट्न पुग्यो। श्रीलंकाले खेलको ९२औं मिनेटमा पाएको फ्रिकिकलाई उत्कृष्ट गोलमा परिणत गर्दै नेपालसँग अंक बाँड्यो।

श्रीलंकाली डिफेन्डरले अनन्त तामाङको टाउकोमा हानेपछि नेपालले पेनाल्टी पाएको थियो। उक्त अवसरलाई सुजलले गोलमा परिणत गरेका थिए। पहिलो हाफमा अग्रता बनाएको नेपाल खेल सकिन केही मिनेट बाँकी रहँदा बराबरी गोल खान पुग्यो। पहिलो हाफको तुलनामा दोस्रोमा आक्रामक खेल प्रदर्शन गरेको श्रीलंकाले खेलको अन्त्यतिर पाएको अवसरलाई जज सुपानले गोलमा परिणत गरे। उनको सशक्त प्रहारलाई नेपालका गोलरक्षक विकेश कुथुले ठम्याउनै सकेनन्।

श्रीलंकासँगको बराबरीसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको छ। भुटानले समान खेलबाट ३ तथा माल्दिभ्स र श्रीलंकाले २/२ र बंगलादेशले १ अंक जोडेको छ। नेपालले यसअघिको खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो।

प्रकाशित: Dec 04, 2019| 13:30 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।