बिहीबार, असार ३२, २०८३

सक्षमको सफलतामा नेपाललाई सागमा एक सयौं स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका छन्।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका छन्।

पुरुष ८७ केजी माथिको गेरुगीमा सक्षमले पाकिस्तानी खेलाडी वाकर अली खानलाई २७-९ले पराजित गर्दै स्वर्ण जितेका हुन्।

सक्षमले स्वर्ण जितेसँगै साग खेलकुदको इतिहासमा नेपालको स्वर्ण संख्या १०० पुगेको छ।

यसअघि नेपालले सन् १९८४ मा नेपालमै भएको पहिलो सागमा चार, बंगलादेशमा सन् १९८५ मा भएको दोस्रोमा एक, सन् १९८७ मा भारतमा भएको तेस्रोमा दुई, सन् १९८९ मा पाकिस्तानमा भएको चौथोमा एक, श्रीलंकामा सन् १९९१मा भएको पाँचौमा दुई, बंगलादेशमा सन् १९९३ मा आयोजना भएको छैटौंमा एक, भारतमा सन् १९९५ मा भएको सातौँमा चार स्वर्ण जितेको थियो ।

यस्तै, नेपालमा भएको सन् १९९८ को आठौँ सागमा ३१, पाकिस्तानमा सन् २००४  मा भएको नवौंमा सात, सन् २००६ मा श्रीलंकामा भएको दशौँमा सात, बंगलादेशमा सन् २०१० मा भएको ११औं मा आठ र भारतमा सन् २०१६ मा भएको १२औं मा तीन स्वर्ण जितेको थियो।

जारी १३ औं सागमा नेपालले २९ स्वर्ण जितिसकेको छ।

प्रकाशित: Dec 04, 2019| 11:03 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।