बिहीबार, असार ३२, २०८३

साग क्रिकेट : ज्ञानेन्द्रको अर्धशतक पूरा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) क्रिकेटअन्तर्गत भुटानविरुद्धको खेलमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) क्रिकेटअन्तर्गत भुटानविरुद्धको खेलमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन्।

उनले २६ बलमा अर्धशतक पूरा गरेका हुन्।

१५ ओभरको खेल सकिँदा नेपालले दुई विकेटको क्षतिमा १८४ रन जोडेको छ। कप्तान मल्ल ९२ रनमा अविजित छन्। उनले ४५ बलमा ४ चौका र ८ छक्का प्रहार गरेका छन्। उपकप्तान दीपेन्द्रसिंह ऐरी १३ रनमा खेलिरहेका छन्।

नेपालका लागि पारस खड्का ५७ रनको योगदान दिँदा रोहित पौडेलले ६ रन मात्रै बनाउन सके।

भुटानका लागि के दोर्जीले दुई विकेट लिए।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ।

प्रकाशित: Dec 05, 2019| 04:18 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।