म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमा डोनर्स सला कारियाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ८२ वर्षिया कारियाको निधन भएको बारे प्रिमियर क्लबले जानकारी दिएको छ।
साविक विजेता क्लब बायर्न म्युनिखले क्लबको प्रशिक्षण सुरु गरेको छ। कोरोना भाइरसको संक्रमणकै समयमा उसले क्लबका केही खेलाडी भेला गरेर प्रशिक्षण सुरु गरेको हो।
इटालीको शीर्ष लिग सिरी ए र कोपा इटालियालगायत सबै खेल अनिश्चितकालका लागी स्थगित भएको छ। कोरोनाभाइरसको संक्रमण अत्याधिक फैलिएकाले इटालीमा खेलकुदका कार्यक्रम स्थगित गरिएका हुन।
ब्राजिलियन फरवार्ड नेयमारले कोरोनाविरुद्ध लड्नका लागि ७ लाख ५० हजार पाउन्ड सहयोग गरेका छन्। पीएसजी स्टार नेयमारले सेवासम्बन्धी एजेन्सी युनिसेफमार्फत् ठूलो रकम सहयोग गरेका हुन्।
क्रिकेट खेल वर्षाका कारण अवरोध भई पुनः सुरु गर्नुपरेमा अपनाइने विधि हो डकवर्थ लुइस प्रणाली अर्थात् डिएल मेथड। यही डिएल मेथड प्रदान गर्ने गणितज्ञ टोनी लुइसको मृत्यु भएको छ। उनको...
एजेन्सी– १३ औं संस्करणको महिला युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) एक वर्ष पछि सारिएको छ। इंग्ल्यान्डका हुने भएको युरो २०२१ लाई एक वर्ष सारेर २०२२ को समरमा गर्न लागिएको हो।
आगामी जुन २९ बाट जुलाई १२ सम्म हुने तय भएको वर्षकै पहिलो समर टेनिस प्रतियोगिता विम्बल्डन स्थगित भएको छ। कोरोना भाइरसको जोखिमका कारण खेल गराउने वातावरण हुन नसक्ने भएपछि प्रतियोगिता...
सन् २०२१ को अगस्ट ६ देखि(१५ मा हुने तय भएको विश्व एथ्लेटिक्स च्याम्पियन्सिप एक वर्ष पछि सरेको छ। अमेरिकामा हुने निश्चित भएको प्रतियोगिताको मिति टोकियो ओलम्पिकसँग जुध्न गएकाले सारिएको बताइएको...