बुधबार, भदौ १७, २०८३

वाटफोर्ड र बर्नलीका खेलाडीलाई कोरोना संक्रमण

इंग्लिस प्रिमियर क्लब वाटफोर्ड र बर्नलीका खेलाडी तथा खेल कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

इंग्लिस प्रिमियर क्लब वाटफोर्ड र बर्नलीका खेलाडी तथा खेल कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। वाटफोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो।

त्यस्तै, तेस्रो क्लबका दुई खेलाडीको भने विवरण नखुलाइएको बीबीसीले जनाएको छ। कोरोना देखिएका क्लबका खेलाडी र कर्मचारी सबैलाई ७ दिनको आइसोलेसेनमा बस्न भनिएको छ।

वाटफोर्डले आफ्ना एक खेलाडी र दुई कर्मचारीलाई कोरोना लागेको पुष्टि गरेको छ। तर, मेडिकल गोपनियताका आधारमा उसले संक्रमितको नाम सार्वजनिक गरेको छैन।

१९ क्लबका सात सय ४८ खेलाडीलाई सोमबार कोरोना परीक्षण गरिएको थियो। जसमा ६ जना संक्रमित देखिएका थिए। त्यस्तै, नर्विच सिटीका खेलाडीको भने मंगलबार मात्र कोरोना परीक्षण गरिएको छ। तर, नतिजा आइसकेको छैन।

प्रिमियर लिगका खेलाडीलाई मंगलबारबाट अन्य खेलाडीलाई नछोइ प्रशिक्षण गर्न अनुमति दिइएको छ। लिगको खेल पुनः सुरु गर्ने योजनाअन्तर्गत यस्तो अनुमति दिइएको हो। लिग १२ जुनबाट सुरु गर्ने लिग कमिटीको तयारी छ।

वाटफोर्डका खेलाडीमा कोरोना देखिएपछि क्लबका कप्तान ट्रोए डिनेले आफू प्रशिक्षणमा उपस्थित नहुने बताएका छन्।

प्रकाशित: May 20, 2020| 09:43 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।