मंगलबार, असार ३०, २०८३

महामारीका कारण म्यान्चेस्टर युनाइटेडलाई २८ मिलियन घाटा

एजेन्सी– इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले कोरोना भाइरस (कोभिड–१९) का काण क्लबलाई २८ मिलियन पाउन्ड घाटा लागेको बताएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

एजेन्सी– इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले कोरोना भाइरस (कोभिड–१९) का काण क्लबलाई २८ मिलियन पाउन्ड घाटा लागेको बताएको छ। उसले २८ मिलिन सुरुवाती अनुमान रहेको र अन्तिममा यो रकम बढ्न सक्ने पनि बताएको छ।

युनाइटेडले आफ्नो ३१ मार्चसम्मको (तेस्रो क्वार्टरको) रिजल्ट हिजो (बिहीबार) प्रस्तुत गरेको छ। प्रिमियर लिग पुनः सुरु भएको खण्डमा पनि क्लबले आफ्नो टेलिभिजन ब्रोडकास्टरलाई २० मिलियन पाउन्ड फिर्ता गर्नुपर्ने क्लबका लेखा अधिकृत क्लिफ बाटेले बताएका छन।

बाटेले लिगमा खेलको समय र मिति परिवर्तन भएका कारण ठूलो रकम फिर्ता गर्नुपरेको बताएका छन्।

क्लबले अन्य ८ मिलियन मार्चको अन्तिमा तीन सातामा गुमाएको हो, जब लिगका ३ खेल स्थगित भएका थिए। महामारीका कारण युनाइटेडका ११ खेल स्थगित छन्।

प्रिमियर लिगकै अर्को क्लब टोटेनहमले क्लबलाई ४ मिलियन पाउन्डको घाटा लागेको बताएको छ।

प्रकाशित: May 22, 2020| 08:57 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।