आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईसीसीले भन्यो– थुकले बल नचम्काउनु, पसिनाको प्रयोग सुरक्षित हुनसक्छ

आईसीसीले भन्यो– थुकले बल नचम्काउनु, पसिनाको प्रयोग सुरक्षित हुनसक्छ

कोरोना भाइरसका कारण अन्य खेलजस्तै क्रिकेट पनि बन्द भएको छ। अब भने खेल सुरु गर्नेबारे बहस भइरहेको छ। तर सुरु गरेपछि बललाई केले चम्काउने सबैैको चासोको विषय बनेको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

अनिल कुम्बलेको अगुवाईमा अन्तर्राष्ट्रिय क्रिकेट कमिटी (आईसीसी)ले बल चम्काउन थुक र र्यालको प्रयोगमा रोग लगाउन सिफारिस गरेको छ।

National life

कमिटीले पसिनाको प्रयोगले बललाई चम्किलो बनाउन सकिने उपाय सुझाएको छ।

कोरोना भाइरसका कारण अन्य खेलजस्तै क्रिकेट पनि बन्द भएको छ। अब भने खेल सुरु गर्नेबारे बहस भइरहेको छ। तर सुरु गरेपछि बललाई केले चम्काउने सबैैको चासोको विषय बनेको छ।

आईसीसीको सोमबार बसेको भिडियो कन्फ्रेरेन्स बैठकमा मेडिकल सल्लाहकार कमिटीको प्रमुख डा. पीटर हेरकार्ट सामेल भएका थिए। उनले थुक र र्यालको प्रयोग रोक्न सल्लाह दिए।

उनका अनुसार यसले संक्रमणको खतरा बढाउँछ। तर बल चम्काउन थुकभन्दा पसिनाको प्रयोग बढी सुरक्षित हुने छ।

Laxmi sunrise bank
kumari

यो पनि:

क्रिकेट बल चम्काउन थुक–पसिना नचाहिने, अस्ट्रेलियन कम्पनीले बनायो वाक्स एप्लिकेटर

अहिलेसम्म टेस्ट क्रिकेटमा ३ र एक दिवसीय खेलमा २ न्युट्रल अम्पायर रहने व्यवस्था छ। तर अहिले ज्यादातर देशमा यात्रामा रोक लगाइएको छ।

त्यसैले केही समयका लागि स्थानीय अम्पायर राख्न अनुमति दिएको छ। तर अम्पायरको निर्धारण आईसीसीले गर्ने छ।

यी सबै निर्णय अन्तरिम भएको कुम्बलले बताए। उनले आफ्नो अहिलेको इच्छा क्रिकेट फेरि सुरु गर्नु रहेको बताएका छन्। र, सोमबार जारी गरिएको फैसलाबारे आगामी कार्यकारी बोर्डको बैठकले अन्तिम निर्णय गर्ने छ।

केही समय अघि एक अष्ट्रेलियन कम्पनीले छिटै वाक्स एप्लिकेटर लिएर आउने बताएको थियो। त्यो वाक्स एप्लिकेटर क्रिकेट खेलमा बल चम्काउन प्रयोग गरिने बताइएको थियो।

के भन्छन् खेलाडी?

वाक्स एप्लिकेटर प्रयोगबारे खेलाडीहरूको राय बाझिएको छ। उनीहरुले मिश्रित अभिव्यक्ति दिएका छन्।

केही खेलाडीले वाक्सको प्रयोग प्रचलनमा ल्याउनुपर्नेमा जोड दिएका छन् भने केहीले पुरानो शैली नै उत्तम भएको बताएका छन्।

भारतीय पूर्वक्रिेकटर सचिन तेन्दुलकरले अब खेलाडी थुक प्रयोग गरेर बल चम्काउन हिच्किचाउने दाबी गरेका छन्।

एलन डोनाल्डले पनि विकल्पको समर्थन गरेका छन्। तर, डेविड वार्नर, माइकल होल्डिंग्स, वाकर युनुस आशिष नेहरालगायत खेलाडीले पुरानै तरिका कायम गर्नुपर्ने बताएका छन्।

यो पनि:

क्रिकेटका धेरै नियममा परिवर्तन आउनसक्ने

प्रकाशित: May 19, 2020| 13:50 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।