आइतबार, चैत ८, २०८२

‘शारीरिक रूपमा म ठिक छु तर एकान्तवास कठिन’

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी एकान्तवासमा छन्। उनी कोरोना भाइरस (कोभिड–१९) का कारण लागू भएको एकान्तबास कठिन भएको बताउँछन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी एकान्तवासमा छन्। उनी कोरोना भाइरस (कोभिड–१९) का कारण लागू भएको एकान्तबास कठिन भएको बताउँछन्।

National life

उनी निकट भविष्यमा नै फुटबल कहिले सुरु होला भनेर कुरेर बसिरहेका छन्। १२ जुनबाट लालिगा सुरु हुने भनिए पनि प्रतियोगिताको तयारी धेरै नपुगेको देख्छन् उनी।

तर, उनको तयारीमा कमी छैन। अर्जेन्टिनी फरवार्ड ला लिगाका यस्ता भाग्यमानी खेलाडी हुन्, जोसँग लकडाउनमा प्रशिक्षण गर्न घरमै प्रशस्त ठाउँ छ। त्यसैले उनको प्रशिक्षण टुटेको छैन। अब त क्लबमा पनि सामूहिकरूपमा प्रशिक्षण गर्न पाउने भएपछि उनले यसलाई सकारात्मक रूपमा लिएका छन्।

“शारीरिकरूपमा म निकै ठिक छु,” मेस्सीले मुन्द्रो डिपोर्टिभोसँग भने, “म यी दिनहरूमा घरमै प्रशिक्षण गरिरहेको छु। मलाई लाग्छ– यसले मलाई लय र आकृतिमा रहन सहयोग गरेको छ।”

“यो एकान्तबास धेरै नै कठिन थियो। तर, बच्चा र एन्टोनेला, सबैसँग हुँदा सबैकुरा यसरी गुज्रिरहेको छ कि मैले त्यसबाट धेरै रमाइलो महशुस गरेको छु। समय बितेको पत्तै भएन। तर, फुटबलको याद भने आइरह्यो,” उनले भने।

Laxmi sunrise bank
kumari

उनले फुटबलको यो ब्रेक अन्त्यमा आएर एक सकारात्मक भएको पनि बताएका छन्। भन्छन्, “यो ब्रेकले हामीलाई फाइदा पनि गरेको छ। तर, जब प्रतियोगिता सुरु हुन्छ र त्यसपछि मात्र यो ब्रेकको असली नतिजा थाहा पाउन सकिन्छ। त्यसपछि मात्र शंका हट्नेछन्,” उनले थपे, “किनभने हामीले आफैंलाई जाँच्नेछौं र प्रतियोगिताको स्तर मापन हुनेछ।”

अहिले बार्सिलोनामा पहिलो स्तरको प्रशिक्षण सकिएर दोस्रो स्तरको सुरु हुने तयारीमा छ। तर, खेलाडीले अहिले आत्मविश्वास हुन नहुने मेस्सी बताउँछन्। बन्द रंगशालामा खेल सुरु भएपछि आवश्यक सावधानी अपनाएर खेल्नुपर्ने भएकाले अगाडिको अवस्थाको बारेमा आँकलन गर्न नसकिने उनको बुझाइ छ।

उनले भने, “व्यक्तिगतरूपमा, प्रतियोगिता फर्किने सम्बन्धमा धेरै उत्साहित पनि छु।”

उनले थपे, “हामीलाई थाहा छ– समर्थक बिनाको रंगशाला अनौठो हुनेछ। प्रशिक्षण मैदानमा पनि हामी हाम्रो खेल परिवारबाट छुट्टिन चाहँदैनथ्यौं। तर, अहिले सानो समूहमा मात्र अभ्यास गर्न पाउने भएको छ। अब हामीले हेर्नु छ कि अन्त्यमा के हुन्छ।”

उनको क्लब बार्सिलोनाको आर्थिक विभाग केही महिनायता छानबिनको दायरामा छ। उसले आपत्कालीन अवस्थामा गरको निर्णयका कारण अस्थायी रोजगारी नयमन अभिलेख(इआरटीई)को छानबिनमा परेको हो। तर, उनीहरू आउँदो फुटबल ट्रान्फस विन्डोसँग जोडिसकेका छन्। यसले क्लबलाई सहयोग गरेको छ।

“जब स्थानान्तरण (ट्रान्सफर)को समय आउँछ, खेलाडी र प्रशिक्षकले आफूलाई कुन स्क्वाड फिट हुन्छ भनेर सोच्छन्। र, परिवर्तन गर्न थाल्छन्,” मेस्सी ट्रान्फर विन्डोबारे बताउँछन्, “के चाहिँ स्पष्ट छ भने, यो अवस्थामा धेरै कुरा घटेका छन् यसले ट्रान्सफर बजारमा पनि असर पार्छ। र, ट्रान्सफरबाट हामी जे छौं त्योभन्दा राम्रो हुन कोसिस गर्नु पर्छ।”

यस्तो गर्नेमा इन्टरका एक खेलाडी छन्, लाउतरो मार्टिनेज। उनले गत समरमा अर्जेन्टिनाबाट कोपा अमेरिका खेलेका थिए। उनलाई अहिले बार्सिलोनालो आँखा लगाइरहेको छ।

“मलाई थाहा छैन कि उनीबारे वार्ता भएको छ। मलाई केही थाहा छैन,” उनले भने।

“मैले पहिल्यै मार्टिनेज एकदमै राम्रा खेलाडी हुन भनिसकेको छु। उनी प्रभावशाली फरवार्ड हुन्। विशेषगरी उनी खेलमा निपूर्ण छन्। बलिया छन्, स्कोर गर्न सक्छन् अनि बललाई सुरक्षा गर्न जान्छन्। तर, उनी वा अरु खेलाडी जो ल्याउने भए पनि क्लबले एकपटक फेरि विचार गर्नेछ,” उनले भने।

च्याम्पियन्स लिग जित्न कठिन

मेस्सीले सिजनको सुरुमा बार्सिलोनाले च्याम्पिन्स लिग जित्न नसक्ने बताएका थिए। तर, उनको विचार बुल्गाराना प्रशिक्षक क्विक सेटियनले अस्वीकार गरे।

“मैले हामीसँग भएको स्क्वाडमा कहिल्यै पनि शंका गरिनँ। र, सबै प्रतियोगिता (बाँकी च्याम्पियन्स लिग र ला लिगा) जित्न सक्छौं भन्ने कुरामा पनि विश्वास गर्दिनँ। तर, जसरी खेलिरहेका छौं त्यसरी नै खेल्नेछौं,” मेस्सी भन्छन्, “अहिले सबैसँग आ–आफ्नै राय हुन्छ र सबै आ–आफ्नो ठाउँमा आदरणीय छन्।”

मेस्सी बार्सिलोनाको सिनियर टिममा प्रवेश गरेयता सबै सिजनको च्याम्पिन्स लिग खेलिरहेका छन्। यसकारण उनी आफूलाई भाग्यमानी सम्झन्छन्। च्याम्पिन्स लिग जित्न कस्तो टिमवर्क चाहिन्छ, यसबारे उनी जानकार छन्।

भन्छन्, “म कुन आधारमा आफूलाई भाग्मानी ठान्छु भने मैले सबै सिजनको च्याम्पियन्स लिग खेल्न पाएको छु। र, मलाई थाहा छ– हामीले जसरी खेलिरहेका छौं, त्यसरी जित्न सम्भव छैन। सायद सेटियनले गलत बुझे होलान्।”

मार्काडटकम

प्रकाशित: May 19, 2020| 11:10 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।