मंगलबार, असार ३०, २०८३

घरेलु मैदानमा माइन्जको लज्जास्पद हार, वेर्नरको ह्याट्रिक

बुन्डेसलिगा अन्तर्गत आज सम्पन्न अन्तिम खेलमा आरबी लाइप्जिगसँग माइन्जले लज्जास्पद हार व्यहोरेको छ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

बुन्डेसलिगा अन्तर्गत आज सम्पन्न अन्तिम खेलमा आरबी लाइप्जिगसँग माइन्जले लज्जास्पद हार व्यहोरेको छ।

घरेलु मैदान ओपल एरिनामा सम्पन्न खेलमा माइन्जले ५–० गोलअन्तरको पराजय भोगेको हो।

लाइप्जिगको जीतका लागि टिमो वेर्नरले ह्याट्रिक गरे भने यूसुफ पोउल्सेन र मार्सेल सवित्जरले एक/एक गोल गरे।

खेलको ११औं मिनेटमा वेर्नरले सुरुवाती गोल गरेका थिए।

त्यसपछि २३औं मिनेटमा पाउल्सेन र ३६औं मिनेटमा सवित्जरले गोल गर्दै पहिलो हाफमा टीमलाई ३–० अग्रता दिलाए।

त्यस्तै दास्रो हाफमा वेर्नरले २ गोल थप्दै ह्याट्रिक पूरा गरे। उनले दोस्रो र तेस्रो गोल ४८औं र ७५औं मिनेटमा गरेका थिए।

जीतसँगै ५४ अंकका साथ लाइप्जिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले बायर लेवरकुसनलाई पछि परेर तेस्रो स्थानमा उक्लिएको हो।

साल्केविरुद्ध आउग्सवर्गको जीत

आज भएको पहिलो खेलमा आउग्सवर्गले साल्केलाई उसकै घरेलु मैदानमा ३–० गोलअन्तरले हराएको छ।

१४औं स्थानमा रहेको आउग्सवर्गले आठौं स्थानमा रहेको साल्केलाई हराउँदै १२औं स्थानमा उक्लिएको हो।

आउग्सवर्गका तर्फबाट घरेलु टोलीलाई हराउन एडवर्ड लावेन, नोवा जोएल र सर्जियो कार्दोवाले गोल गरे।

आउग्सवर्गको २७ खेलमा ९ जीत र १० बराबरीका साथ ३० अंक भएको छ।

प्रकाशित: May 24, 2020| 23:08 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।