आइतबार, भदौ ७, २०८३

‘प्रशिक्षणमा फर्कँदा पहिलो पटक स्कुल गएजस्तै भयो’

लामो समयपछि प्रशिक्षणमा फर्किएका क्लबका प्रशिक्षक योर्गेन क्लोपले पहिलो पटक स्कुल गएजस्तै अनुभव भएको बताएका छन्।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

लिभरपुल सामान्य प्रशिक्षणमा फर्किएको छ। उसले हिजो (बुधबार)बाट सानो समूहमा प्रशिक्षण थालेको छ।

लामो समयपछि प्रशिक्षणमा फर्किएका क्लबका प्रशिक्षक योर्गेन क्लोपले पहिलो पटक स्कुल गएजस्तै अनुभव भएको बताएका छन्। उनले कोरोनापछि पहिलो दिनको प्रशिक्षण सकिएपछि यस्तो अनुभव भएको बताएका हुन्।

लिभरपुलका खेलाडीले मेलवुड प्रशिक्षण मैदानमा उपस्थित भएर सानो समूहमा प्रशिक्षण गरिरहेका छन्। लिगले आउँदो जुन १२ बाट खेल सुरु गर्ने बताएसँगै लिभरपुल प्रशिक्षणमा जुटेको हो।

“म बिहान सधैंभन्दा चाँडै उठें। त्यसपछि मलाई महसुस भयो– यो मेरो पहिलो दिन हो,” उनले लिभरपुलको वेवसाइटमा लेखेका छन्, “मलाई ४६ वर्ष अघिको पहिलो दिन स्कुल गएजस्तै भयो। तर, उस्तै लाग्नुपर्ने पनि थियो। लामो समयको छुट्टी जो थियो।”

सरकारले मार्च मध्यबाट खेलकुद गतिविधिमा रोक लगाएपछि इंग्ल्यान्डमा खेल गतिविधि बन्द भएका छन्। तर, सोमबार भएको बैठकबाट सानो समूहमा प्रशिक्षण अनुमति क्लबहरुले पाएपछि सबै क्लब प्रशिक्षणमा जुटेका छन्।

एक समूहमा ५ खेलाडीभन्दा सहभागी हुन पाइने छैन। त्यस्तै, एक प्रशिक्षणको समय ७५ मिनेटको हुनेछ। जहाँ सामाजिक दुरी अनिवार्य पालना गर्न भनिएको छ।

लिगमा अब ९२ खेल बाँकी छन्। अहिलेसम्मको तालिका अनुसार लिभरपुल दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडभन्दा २५ अंकले अगाडि छ।

लिभरपुलले अब दुई खेलमा जित निकाले उसले यो सिजनको उपाधि जित्नेछ।

लिभरपुल प्रशिक्षणमा फर्कियो

एजेन्सी

प्रकाशित: May 21, 2020| 15:04 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।