शनिबार, पुस १२, २०८२

कोरोना त्रासका कारण युएईमा अनलाइन पढाई सुरु

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सबैजसो विद्यालय, विश्वविद्यालयहरुको पढाई बन्द भएको छ।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

काठमाडौं- विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सबैजसो विद्यालय, विश्वविद्यालयहरुको पढाई बन्द भएको छ।

National life

सबै गतिविधिसँगै बालबालिकाको पढाई पनि बन्द भएको छ।

बालबालिकाको पढाई रोकिएपछि संयुक्त अरब इमिरेट्स (युएई) ले अनलाइन मार्फत् रिमोट लर्निङ अर्थात् दूर शिक्षा सुरु गर्ने भएको छ।

युएईले आगामी आइतबार (२२ मार्च) देखि नै दूर शिक्षा सुरु गर्ने भएको हो।

यसका लागि युएई सरकारले विगत दुई हप्तामा हजारौँ शिक्षकहरुलाई तालिम प्रदान गरिसकेको छ।

Laxmi sunrise bank
kumari

तालिम प्राप्त शिक्षकहरुले आफ्ना विद्यार्थीलाई डिजिटल रुपमा पढाउने छन्। युएईमा गत मार्च १९ मा हिउँदे विदा सकिएको छ।

युएईको शिक्षा मन्त्रालयले त्यहाँको ४२ हजार शिक्षकहरुले दूर शिक्षाका लागि तालिम प्राप्त गरिसकेको जनाएको छ।

त्यहाँको हमदान बिन मोहम्मद स्मार्ट विश्व विद्यालयले शिक्षकहरुलाई तालिम दिएको थियो।

शिक्षकहरुलाई अनलाई मार्फत् डिजिटल सिकाईका लागि चार घण्टे र अनलाइन पाठ्यक्रम डिजाइनका लागि २ घण्टे तालिम प्रदान गरिएको छ।

त्यहाँका सरकारी विद्यालयहरुले अनलाइन शिक्षाका लागि आफ्नै पाठ्यक्रम तयार गरिसकेका छन्।

प्रकाशित: Mar 21, 2020| 10:06 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।