मंगलबार, असार ३०, २०८३

लिभरपुल प्रशिक्षणमा फर्कियो

इंग्लिस क्लब लिभरपुल प्रशिक्षणमा फर्किएको छ। उसले खेलाडी र प्रशिक्षकलाई एकअर्कासँग सामाजिक दूरी स्थापना गराई प्रशिक्षणमा सहभागी गराइने बताएको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

इंग्लिस क्लब लिभरपुल प्रशिक्षणमा फर्किएको छ। उसले खेलाडी र प्रशिक्षकलाई एकअर्कासँग सामाजिक दूरी स्थापना गराई प्रशिक्षणमा सहभागी गराइने बताएको छ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उसले प्रशिक्षणमा फर्किएको जानकारी दिएको हो। क्लबले ट्वीटरमार्फत प्रशिक्षणको फोटोसमेत सार्वजनिक गरेको छ।

इंग्ल्यान्डको शीर्ष डिभिजन लिग आउँदो जुनबाट सुरु गर्नेे तयारी छ। लिगमा ९२ खेल बाँकी रहेका छन्। यता प्रिमियर लिगका वाटफोर्ड र बर्नलीका केही खोलाडीलाई कोरोना संक्रमण देखिएको छ। उनीहरुलाई एक साता क्वारेन्टाइन बस्न भनिएको छ।

लिग खेल्ने १९ क्लबका ७ सय ४७ खेलाडीमा कोरोना टेस्ट गरिएको थियो। जसमा ६ खेलाडीमा कोरोना देखिएको थियो। त्यसपछि लिग सुरु हुनेमा अन्योल बढेको थियो।

यद्यपि उपाधि दावेदार लिभरपुलले खेलाडी र प्रशिक्षकलाई मेलवुडमा प्रशिक्षणको लागि उपस्थित गराएको हो। लिभरपुल लिगको अंक तालिकामा ८२ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ५७ अंक छ।

Image

Image

 

प्रकाशित: May 20, 2020| 15:21 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।