मंगलबार, असार ३०, २०८३

बुन्डेसलिगा : बर्लिन डर्बीमा हर्थको सानदार जित

जर्मनी बुन्डेसलिगाअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा युनियन बर्लिनविरुद्ध हर्थ बर्लिनले सानदार जित निकालेको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

काठमाडौं– जर्मनी बुन्डेसलिगाअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा युनियन बर्लिनविरुद्ध हर्थ बर्लिनले सानदार जित निकालेको छ।

घरेलु मैदान ओलम्पिया रंगशालामा हर्थले ४–० को जित निकालेको हो। युनियन बर्लिनले गोल गर्न सकेन।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको हर्थले दोस्रो हाफमा लगातार ४ गोल गरेको हो। हर्थका लागि वेडाद इविसेविक, डोदी लुकेबाकियो, माथ्युस कुन्हा र डेड्रिक बोयटाले गोल गरे।

खेलको ५१औं मिनेटमा हर्थका लागि इविसेविकले पहिलो गोल गरेका थिए। त्यसकाे एक मिनेटमै लुकेबाकियोले गोल गर्दै हर्थको अग्रता दोब्बर बनाए।

त्यसपछि ६१औं मिनेटमा कुन्हा र ७७औं मिनेटमा बोयटाले गोल गरे। ४ गोलको जित निकालेको हर्थले लिगमा समग्र गोलअन्तर नकारात्मक ९ अंक बनाएको छ। उसले २७ खेल खेलेर ९ जीत र ७ बराबरीका साथ ३४ अंक जोडेको छ।

त्यस्तै, खेलमा हारको सामना गरेको युनियन १२औं स्थानमा छ। उसले २७ खेलमा ९ जित र ३ बराबरीका साथ ३० अंक बनाएको छ।

 

प्रकाशित: May 23, 2020| 09:26 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।