आइतबार, चैत ८, २०८२

दर्शक सहितको मैदानमा नयाँ नियमका साथ क्रिकेट सुरु हुँदै

कोरोना भाइरस (कोभिड १९)को महामारीबीच आज (शुक्रबार)बाट पूर्वी क्यारेबियन देश सेन्ट विन्सेन्ट र द ग्रेनेगाइन्समा विन्सी प्रिमियर लिग टी–१० (वीपीएल) सुरु हुँदैछ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

कोरोना भाइरस (कोभिड-१९)को महामारीबीच आज (शुक्रबार)बाट पूर्वी क्यारेबियन देश सेन्ट विन्सेन्ट र द ग्रेनेगाइन्समा विन्सी प्रिमियर लिग टी–१० (वीपीएल) सुरु हुँदैछ। प्रतियोगिता यही मे ३१ सम्म चल्ने आयोजकले बताएको छ।

National life

महामारीकै दौरान जारी प्रतियोगितामा दर्शकको पनि उपस्थिति हुने बताइएको छ। दर्शकहरू प्रतियोगिता हेर्नका लागि सामाजिक दूरी पालना गरेर बस्नुपर्नेछ भने यसको अवधि पनि छोटो हुनेछ।

६ टिमको सहभागिता रहेको लिगमा १० दिनमा २८ खेल हुनेछन्। प्रत्येक दिन ३ खेल हुने आयोजकले बताएको छ।

प्रतियोगितामा ६ टिमका ७२ खेलाडी सामेल छन्। सबै फ्रेन्चाइज क्लबले यी खेलाडीलाई ११ मे मा लिलामी प्रक्रियामा खरिद गरेको थियो। लिगमा वेस्ट इन्डिजका सुनिल अन्बरिस, केसरिक विलियम्स र ओबेड मैकायासमेत ६ अन्तर्राष्ट्रिय खेलाडी सहभागी छन्।

यो क्रिकेटको पहिलो प्रतियोगिता हुनेछ, जहाँ थुकको प्रयोग निषेध गरिएको छ। त्यस्तै, प्रतियोगितामा पसिनाले पनि बल चम्काउन पाइने छैन। केही समयअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बल चम्काउन थुकको प्रयोग निषेध गरेको थियो।

Laxmi sunrise bank
kumari

प्रतियोगिता सेन्ट विन्सेन्ट र ग्रेनेडाइन्स क्रिकेट इसोसिएसन (एसवीजीए)ले आयोजना गरेको हो। एसवीजीएका अध्यक्ष तथा क्रिकेट वेस्टइन्डिजका उपाध्यक्ष किशोर शालोले सबै टिमका लागि अलग–अलग र ठूला ड्रेसिङ रुमको व्यवस्था गरिएको बताएका छन्।

“सबै टिमका लागि ठूला र अलग–अलग ड्रेसिङ रुमको व्यवस्था गरिएको छ। ताकी सबै खेलाडी भिडबाट बँच्न सकुन्। सबै खेलाडीलाई अभ्यासको लागि अलग–अलग ठाउँ उपलब्ध गराइने छ,” उनले भने।

खेलको समयमा सबै खेलाडीलाई दर्शकसँग भेट्न प्रतिबन्ध लगाइएको छ। स्थानीय सरकार र संघीय सरकारको सल्लाह अनुरूप नै आयोजकले काम गर्नेछ। खेलको समयमा सानो ब्रेकको व्यवस्था गरिएको छ। ब्रेकमा खेलाडीले हात सेनिटाइज गर्न पाउनेछन्। साथमा एन्टी करप्सन नियमको पनि पालना हुनेछ।

खेलमा उपस्थित दर्शकलाई सामाजिक दुरीको पालना गरेर बस्ने व्यवस्था मिलाइएको छ। सालोले भने, “सरकारले कुनै प्रतिबन्ध लगाएको छैन। यसकारण यी खेल बन्द रंगशालामा हुने छैनन्। कोरोना भाइरसको महामारीबीच प्रतियोगिता भइरहेको छ। यस्तो अवस्थामा ज्यादा दर्शक आउने छैनन्। तर, पनि हामीले स्टेडियममा दर्शकलाई टाढा टाढा बस्ने व्यवस्था गरेका छौं।”

प्रतियोगिताका सबै खेल सेन्ट विन्सेन्टको अर्नोस स्पोर्टिङ कम्प्लेक्समा हुनेछ।

०००

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण मार्च मध्यबाट विश्वभर अधिकांश खेल गतिविधि रोकिएका छन्। मार्चपछि पहिलो पटक क्रिकेट प्रतियोगिता हुन लागेको हो। भिन्सी भिन्सी प्रिमियर लिग फ्रेन्चाइजमा आधारित प्रतियोगिता हो।

सालोका अनुसार अहिले सेन्ट भिन्सेन्टमा कोरोनाका १८ संक्रमित पाइएका छन्। बुधबार सम्मको रिपोर्टका आधारमा १० संक्रमित निको भइसकेका छन् भने ८ जनाको उपचार भइरहेको छ।

उनले भने, “हामीले प्रतियोगिताका चुनौतीलाई व्यवस्थापन गरिरहेका छौं। त्यसैले हामीले दर्शकलाई सामाजिक दूरी पालना गरेर बस्न अनुरोध पनि गरेका छौं। दर्शकहरू केही सिट छोडेर बस्नेछन् भन्ने हामीले विश्वास लिएका छौं। हामी प्रतियोगितामा ठूलो भीड चाहँदैनौं।”

प्रतियोगिता नेपाली समय अनुसार साँझ ६ बजेबाट ११ बजेसम्म चल्नेछ।

केसरिक विलियम्सन। तस्बिर : रोइटर्स

प्रकाशित: May 22, 2020| 10:56 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।