आइतबार, चैत ८, २०८२

प्रिमियर लिगका ८ खेलाडीमा कोरोना संक्रमण

प्रिमियर लिगको पछिल्लो कोरोना परीक्षणमा संक्रमित हुनेमा दुईवटा क्लबका दुई जना खेलाडी थपिएका छन्।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

एजेन्सी- इङ्लिस प्रिमिलिर लिगका थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रिमियर लिगको पछिल्लो कोरोना परीक्षणमा संक्रमित हुनेमा दुईवटा क्लबका दुई जना खेलाडी थपिएका छन्।

National life

प्रिमियर लिगका २० क्लबका ९९६ खेलाडीको मंगलबार, बिहीबार र शुक्रबार कोरोना परीक्षण गरिएको थियो।

पहिलो राउण्डमा परीक्षण गरिएका ७४८ जनामध्ये ६ खेलाडी तथा स्टाफमा कोरोना पुष्टि भएको थियो।

जसमा बर्नलीका प्रशिक्षक आयन वोन र वाटफोर्डका एड्रिन मरिअप्पामा पनि कोरोना पोजेटिभ देखिएको थियो।

कोरोना पुष्टि भएका क्लबका खेलाडी एक हप्ता सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै दोस्रो राउन्डमा प्रत्येक क्लबमा ४० बाट बढाएर ५० टेस्ट उपलब्ध गराइएको थियो। सो परीक्षणबाट दुई जनामा कोरोना पुष्टि भएको हो।

प्रिमियर क्लबले मंगलबारबाट सामाजिक दूरी कायम गरेर खेलाडीलाई प्रशिक्षण गर्ने अनुमति दिएको छ। मार्च १३ बाट खेल स्थगित भएयता लिगमा कुनै खेल हुन सकेका छैनन्। लिगमा अझै ९२ खेल बाँकी छन्।

शुक्रबार प्रिमियर लिगका कार्यकारी अध्यक्ष रिकार्ड मास्टरले अब कुनै हालतमा पनि प्रतियोगिता स्थगित नहुने बताएका छन्।

प्रकाशित: May 24, 2020| 15:47 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।