मंगलबार, असार ३०, २०८३

बुन्डेसलिगामा बायर्नको सहज जित

एजेन्सी– लिग लिडर बायर्न म्युनिखले पाहुना टोली फ्रान्कफ्रर्टलाई ५–२ को गोल अन्तरले हराएको छ। बुन्डेसलिगा अन्तर्गत बायर्नको एलिनाज एरियाना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले सहज जित निकालेको हो।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

एजेन्सी– लिग लिडर बायर्न म्युनिखले पाहुना टोली फ्रान्कफ्रर्टलाई ५–२ को गोल अन्तरले हराएको छ। बुन्डेसलिगा अन्तर्गत बायर्नको एलिनाज एरियाना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले सहज जित निकालेको हो।

जितसँगै बायर्नले दोस्रो स्थानमा रहेको बारुसिया डर्टमन्डसँग ४ अंकको अग्रता बनाएको छ।

गएराति भएको खेलमा लियोन गारेत्जाकाले १७ औं मिनेटमा गोल गर्दा बार्यनले सुरुवाती अग्रता बनाएको थियो। उनको अग्रतालाई ४१ औं मिनेटमा थोमस मुलरले दोब्बर बनाए।

फ्रान्कफ्रुटका खेलाडीले गोल गर्न नसकेको पहिलो हाफमा बायर्नले २ गोलको अग्राता बनाएको हो।

दोस्रो हाफको पहिलो मिनेटमै रोवर्टो लेवान्डोस्कीले गोल गर्दै क्लबलाई सहज अवस्थामा ल्याए। तर मार्टिन हिन्टरग्ररले ५२ औं र ५५ औं मिनेटमा गोल गर्दै दबावमा रहेको पाहुना टोलीलाई खेलमा फर्काउन चाहे।

६१ औं मिनेटमा अल्फान्सो डेविजले घरेलु टोलीका लागि गोल गरेपछि फ्रान्कफ्रुट फेरि दबावमा पर्यो। २ गोलले पछि परेको अवस्थामा मार्टिनले आफ्नै पोस्टमा गोल गरे। ७५ औं मिनेटको आत्मघाती गोलपछि बार्यन जितको नतिजामा पुग्न सफल बन्यो।

जितसँगै उसले ६१ अंक बनाएको छ। समान खेल खेलेका डर्टमन्डको भने ५७ अंक छ। त्यस्तै गएरातिको खेलमा पराजय भोगेको फ्रान्कफ्रुट भने २८ अंकका साथ १३ औं स्थानमा छ।

प्रकाशित: May 24, 2020| 08:35 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।