मंगलबार, असार ३०, २०८३

ला लिगा जुन ८ बाट सुरु हुन सक्ने स्पेनिस प्रधामन्त्रीको भनाइ

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेले जुन ८ बाट ला लिगा सुरु हुन सक्ने बताएका छन्।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेले ला लिगा जुन ८ मा सुरु हुन सक्ने बताएका छन्। उनले बन्द रंगशालामा खेल गर्ने गरी लिग सुरु हुन सक्ने बताएका हुन्।

लिगका अध्यक्ष जावियर तेवासले केही दिनअघि जुन १२ बाट लिग सुरु हुने बताएका थिए। उनले भने, ‘मलाई विश्वास छ– ला लिगा जुन १२ बाट सुरु हुनेछ। तर, अहिलेसम्म सुरु हुने मिति निश्चित भइसहेको छैन।’

“नयाँ आशाको किरणसँगै स्पेनले गतिविधि अघि बढाउन थालेको छ। त्यसैले अब सबै दैनिक क्रियाकलाप पहिलेझैं सहज बनाउने समय आएको छ,” उनले भने, “स्पेनिस फुटबलका विश्वभर समर्थक छन्। जुन ८ बाट फुटबललगायत धेरै क्रियाकलाप सुरु हुनेछन्।”

ला लिगाका खेलाडीले यही साताबाट १० जनाको समूह बनाएर प्रशिक्षण थालेका छन्। लिगको पहिलो खेलमा रियल बेटिस र सेभिल्लाबीच हुने निश्चित भएको छ।

त्यस्तै, स्पेनको दोस्रो डिभिजनको सेकुन्डा पनि ला लिगासँगै सुरु हुने भएको छ। कोरोना भाएरसको महामारीका कारण १२ मार्चबाट स्पेनमा खेल गतिविधि भएका छैनन्।

जारी सिजनमा ला लिगाका १२ खेल बाँकी छन्। लिगको शीर्ष स्थानमा बार्सिलोना छ भने रियल मड्रिडले २ अंक पछि रहेर बार्सिलोनालाई पछ्याइरहेको छ।

 

प्रकाशित: May 24, 2020| 10:09 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।