मंगलबार, असार ३०, २०८३

डर्टमन्डको लगातार दोस्रो जीत

जर्मनीको शीर्ष लिग बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा लिग दावेदार बोरुसिया डर्मन्डले वुल्भ्सवर्गलाई २–० को गोलअन्तरले पराजित गरेको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

काठमाडौं– जर्मनीको शीर्ष लिग बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा लिग दावेदार बोरुसिया डर्मन्डले वुल्भ्सवर्गलाई २–० को गोलअन्तरले पराजित गरेको छ।

कोरोनाको महामारीबीच घरेलु मैदानमा भएको लिगमा डर्टमन्डले लगातार दोस्रो जित निकालेको हो। जितका लागि राफेल गुरेरियरो र एचरिफ हाकिमीले गोल गरे।

राफेलले खेलको ३२औं मिनेटमा गोल गरे भने हाकिमीले ७८औं मिनेटमा गोल गरे।

जीतसँगै डर्टमन्डले ५७ अंक जोडेको छ। उसले २७ खेलमा १७ जीत र ६ बराबरीका साथ ५७ अंक बनाएको छ।

पहिलो स्थानमा रहेको बायर्नको ५८ अंक छ। त्यस्तै वुल्भसवर्ग ३९ अंकका लिगको छैटौं स्थानमा छ।

बुन्डेसलिगा अन्तर्गत आज ४ खेल सम्पन्न भएका छन्। दोस्रो खेलमा लिगको अंक तालिकाको तेस्रो स्थानमा रहेको मोन्चेन्ग्लखबगले लिभरकुसेनसँग ३–१ गोलअन्तरले पराजित हुँदै एक स्थान तल झरेको छ।

लिगमा पाँचौं स्थानमा रहेको लिभकुसेन भने घरेलु टोली मोन्चेन्ग्लखबगलाई हराएर आफू तेस्रो स्थानमा उक्लिएको छ।

जीतका लागि केइ हवेतर्जले २ र स्वेन वेन्डरले एक गोल गरे। त्यस्तै घरेलु टिमका मार्कस थुरमले सान्त्वना गोल गरे।

जीतसगै लिभरकुसिनले ५३ अंक बनाएको छ भने मोन्चेन्ग्लखबगको ५२ अंक छ।

 

प्रकाशित: May 23, 2020| 22:07 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।