आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतमा मागेर गुजारा चलाउँदै कराँतेकी पदक विजेता, तरकारी बेच्दै ‘मिस्टर इन्डिया’

भारतमा मागेर गुजारा चलाउँदै कराँतेकी पदक विजेता, तरकारी बेच्दै ‘मिस्टर इन्डिया’

प्रशिक्षण गराउने र जिम चलाउने खेलाडी पछिलो दुई महिनायता घरमै खाली बसिरहेका छन्। लगातार लकडाउन थपिएपछि उनीहरूलाई कहिले अवस्था राम्रो होला भन्ने चिन्ता बढेको छ। यस्तोमा केही परिवारले भने अरुलाई सहयोग मागेर गुजारा गरिरहेका छन् भने केहीले अन्य काम गर्न थालेका छन्।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

खेलकुदको विश्वस्तरमा मेडल जितेर देशको गौरव बढाउने धेरै खेलाडीको हौसला लकडाउनमा गिर्दो अवस्थामा छ। भारतमा खेलाडीको फिटनेस मात्र नभएर जिविका पनि प्रभावित बनेको छ।

National life

प्रशिक्षण गराउने र जिम चलाउने खेलाडी पछिलो दुई महिनायता घरमै खाली बसिरहेका छन्। लगातार लकडाउन थपिएपछि उनीहरूलाई कहिले अवस्था राम्रो होला भन्ने चिन्ता बढेको छ। यस्तोमा केही परिवारले भने अरुलाई सहयोग मागेर गुजारा गरिरहेका छन् भने केहीले अन्य काम गर्न थालेका छन्।

कोचिङ बन्द, उधारो बढ्यो र अब खाना माग्दै हनी

अल इंन्डिया युनिवर्सिटी च्याम्पियनमा पदक विजेता हनी गुर्जरले लकडाउनका कारण खेलाडीलाई प्रशिक्षण गर्न पाएकी छैनन्। स्कुल र कराँतेका सबै सेन्टर बन्द जस्तै छन्।

अहिले उनकी आमा सामान्य बिरामी छिन भने बावु अनार बेच्ने गर्छन्।

Laxmi sunrise bank
kumari

“सामान्य बचत थियो। त्यसले केही दिन गुजारा गरियो। अब संस्था वा मानिससँग मागेर पेट भर्ने दिन आए,” उनी भन्छिन्, “पदक जितेपछि धेरै सम्मान मिलेको थियो। तर, आज मैले हात फैलाउन पर्ने स्थिति आएको छ।”

बडिबिल्डर सन्दीप जिम बन्द गरेर तरकारी बेच्दै

रायपुर निवासी सन्दिप साहुले नेसनल च्याम्पियनसिपमा १३ गोल्ड मेडल जिते। तसर्थ उनलाई ‘मिस्टर इन्डिया’को नामले पनि चिनिन्छ। तर, अहिले उनको परिवार आमा–बुबामा निर्भर हुनुपरेको छ।

सन्दीप जिम चलाउँथे। जिम उनको एकमात्र आयस्रोत थियो। तर, लकडाउनका कारण बन्द भयो। अहिले त उनी आफैं फिट हुन गाह्रो भइरहेको छ। त्यसैले उनी तरकारी व्यापारमा लागेका छन्। भन्छन्, “अब तरकारी बेचेर जिविका चलाउँछु।”

त्यस्तै, १७ अन्तर्राष्ट्रिय पदक जितेकी सुटिङ प्रशिक्षक राजकुमारी राठोरको पनि अहिले प्रशिक्षण बन्द छ। उनले स्कुलका ५० बच्चालाई प्रशिक्षण दिने गरेकी थिइन्।

उनले दुई महिनाको तलब पाएकी छैनन्। भन्छिन्, “सरकारले पनि केही सहयोग गरेको छैन।” उनी सरकारले कहिले प्रशिक्षणको अनुमति देला भनेर पर्खेर बसेकी छन्।

एजेन्सी

प्रकाशित: May 20, 2020| 14:42 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।