मंगलबार, असार ३०, २०८३

‘ए’ डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक

खिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो पटक प्रविधिक प्रतिवेदन सार्वजनिक गरेको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो पटक प्रविधिक प्रतिवेदन सार्वजनिक गरेको छ।

एन्फाले दक्षिण एसियामा नै पहिलो पटक फुटबलको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेकोे दाबीसमेत गरेको छ।

८० पेज लामो प्रतिवेदन तीन सदस्यीय समितिले बनाएको हो। समितिमा विज्ञान राज शर्मा, उपेन्द्रमान सिंह र संगीत सिंह रहेका थिए।

त्रिपुरेस्विरस्थित दशरथ रंगशालामा एक कार्यक्रम गर्दै एन्फाले प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा सम्पन्न ‘ए’ डिभिजन लिगका सम्पूर्ण प्राविधिक पक्षको अध्ययन गरि विश्लेषणसमेत गरिएको एन्फाका उपाध्यक्ष एवं प्राविधिक समितिका उपेन्द्रमान सिंहले बताएका छन्।

उनले भने, “यसमा फुटबलका सबै पक्षको सुक्ष्म अध्ययन गरिएको छ।”

“प्रतिवेदनमा कति वर्षको खेलाडीले लिग खेल्यो ? कुन खेलाडीले कति लिगका खेल खेल्यो ? कुन–कुन खेलाडीले कुन क्लबबाट खेल्यो ? क्लबले कुन फर्मेसनमा खेल्यो ? खेलाडी कति मिनेटसम्म खेलमा सहभागी बन्यो ? कति मिनेटमा मैदान पस्यो ? कति मिनेट खेल्यो ? जस्तो जिज्ञासाको जवाफ दिने छ,” सिंहले भनेका छन्।

समितिका अर्का सदस्य विज्ञान पान्डेले आफूले विदेशमा खेल्न जाँदा यस्तो प्रतिवेदन देखेर नेपालमा पनि सुरु गर्न पहल गरेको बताएका छन्। उनले प्रतिवेदन तयार गर्न सहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवसमेत रहेका रमेश सिलवालले यो प्रतिवेदनले फुटबल विकासमा सहयोग गर्ने बताएका छन्।

उनले भने, “यो पहिलो प्रतिवेदन हो। यसले फुटबल विकासमा नयाँ काम गरेको छ। तर, यसमा पनि केही समेटिन नसकेका पाटा होलान्। त्यसलाई मध्यनजर गरेर आउँदा दिनमा अझै राम्रो बनाउन सक्नु पर्छ।”

प्रकाशित: May 22, 2020| 15:03 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।