इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै फ्रेन्च क्लब लियोन च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ। पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न खेलमा सिटीलाई ३–१ गोलअन्तरले हराउँदै लियोन सेमीफाइनलमा पुगेको हो।
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै संन्यासको घोषणा गरेका हुन्।
एट्लेटिको मड्रिडलाई हराउँदै जर्मन क्लब आरबी लाइप्जिक पहिलो पटक च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ। पोर्चुगलको लिस्बनमा सम्पन्न खेलमा लाइप्जिकले एट्लेटिकोविरद्ध २–१ गोलअन्तरको जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको अभ्यासका लागि खेलाडी, प्रशिक्षक, अफिसियल र होस्टेल स्टाफ गरी ५४ जनाको कोरोना टेस्ट गराएको थियो। जसमा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
१३ औँ संस्करणको इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकट सुरु हुन पाँच हप्ता बाँकी छ। यसकारण सबै टिम सेम्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने प्रतियोगिताको तयारीमा जुटेका छन्।