बुधबार, चैत ४, २०८२

क्रोएसियाविरुद्ध फ्रान्सको नाटकिय जित

एक गोलले पछि परेको अवस्थामा यूईइफए नेसन्स लिगको मंगलबार राति सम्पन्न खेलमा फ्रान्सले क्रोएसियाविरुद्ध नाटकिय जित निकालेको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- एक गोलले पछि परेको अवस्थामा यूईइफए नेसन्स लिगको मंगलबार राति सम्पन्न खेलमा फ्रान्सले क्रोएसियाविरुद्ध नाटकिय जित निकालेको छ।

National life

स्टेडे डि फ्रान्समा सम्पन्न खेलमा घरेलु टिमले क्रोएसियाविरुद्ध ४–२ गोलअन्तरले जित निकालेको हो।

जितका लागि एन्टोनी ग्रिजम्यान, डेयोट उपमेकानो र ओलिभर जिराउडले १–१ गोल गरे भने क्रोएसियाका डोमिनिक लिवाकोविकले आत्मघाती गोल गरे।

खेलको १६ औं मिनेटमै डिजेन लोवरेनले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए।

एक गोलले लामो समय पछि परेको फ्रान्सका तर्फबाट ४३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर लगत्तै, पहिलो हाफको अतिरिक्त समयमा विवाकोभिकले आत्मघाती गोल गर्दै फ्रान्सलाई गोल कोसेली दिए।

Laxmi sunrise bank
kumari

योसँगै पहिलो हाफमा फ्रान्स २–१ गोलले अघि रह्यो। दोस्रो हाफमा पनि गोल स्कोरिङ क्रोएसियाले नै अघि बढायो। ५५ औं मिनेटमा जोसिप ब्रेकालोले गोल गर्दै खेललाई बराबरीमा ल्याए तापनि ६५ औं मिनेटमा उपमेकानोले फ्रान्सलाई पुनः अग्रता दिलाए।

७७ औं मिनेटमा जिराउडले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरेपछि फ्रान्सले ४–२ गोल अन्तको जित निश्चित गर्यो।

जितसहित ६ अंक बनाएको फ्रान्स लिग ए, समूह ३ को दोस्रो स्थानमा कायम छ। यता पराजित क्रोएसियाल भने अंकविहिन रहँदै समूहको पुछारमा छ।

प्रकाशित: Sep 09, 2020| 07:16 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।