सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रिजवान आलम दुबईको अन्तर्राष्ट्रिय मञ्चमा : भारतीय मुख्यमन्त्री यादवसँग रणनीतिक छलफल

रिजवान आलम दुबईको अन्तर्राष्ट्रिय मञ्चमा : भारतीय मुख्यमन्त्री यादवसँग रणनीतिक छलफल

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

दुबई । भारतको मध्‍य प्रदेशका मुख्‍यमन्त्री डा. मोहन यादव र कुटनीतिक विज्ञ रिजवान आलमबीच दुवैमा विशेष शिस्टाचार भेट भएको छ। 

भारतको मध्य प्रदेश राज्यमा वैदेशिक लगानी भित्र्याउने र रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यका साथ दुबईमा आयोजित ‘इन्भेस्ट इन मध्य प्रदेश’ अन्तरक्रियात्मक सत्रका क्रममा उनीहरूबीच विशेष भेट भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री यादव रहेका थिए भने विशिष्ट अतिथिमा रिजवान रहेका थिए। उक्त समारोहमा सरिक हुन् मुख्यमन्त्री यादवले नै रिजवानलाई विशेष आमन्त्रण पठाएका थिए। यसरी प्रवासमा रहेर भारतीय उच्च अधिकारीबाट सरकारी स्तरबाटै आमन्त्रण गरिने रिजवान एक विशिष्ट व्यक्ति रहेका छन्।

उनले यूएईमा रहेर मध्यपूर्वका देशहरूको भूराजनीतिक गतिविधिमा टेवा पुर्‍याउँदै आएको भन्दै मुख्यमन्त्री यादवले उच्च तहको निमन्त्रणा गरेका थिए।

समारोहमा रिजवानले नेपालले खेप्नु परेको बाढीको पीडालाई पनि उठाएका थिए। उनले जलबायु परिवर्तनका कारण नेपालले ठूलो संकट खेपेको र विश्वका सबै मुलुकलाई सहयोगका लागि आह्वान गरेका थिए। 

उनले जलबायु परिवर्तनको मारमा सबैभन्दा धेरै नेपाल परेको र यसको असर विश्वव्यापी नै रहेकाले समस्या समाधानका लागि विश्व समुदाय एक ठाउँमा आउनु पर्ने धारणा राखेका थिए।

नेपालको सुनसरी घर भएका रिजवान दक्षिण एसिया, भारत, अरबलगायत मध्य पूर्वको कूटनीतिक तथा व्यापारिक क्षेत्रमा सक्रिय छन्। रिजवानको मुख्यमन्त्री यादवसँग यो यूएईमा भएको दोस्रो उच्चस्तरीय भेट हो।

उक्त समारोहमा भारत हाल बलियो आर्थिक वृद्धि, रूपान्तरणकारी नीतिगत सुधार, विश्वस्तरीय पूर्वाधार निर्माण तथा नवप्रवर्तन र दिगो विकासका विषयमा वृहत्त छलफल भएको थियो।

यस्तै, मुख्यमन्त्री यादवले वर्तमान समयमा भारतमा सिर्जित अनुकूल आर्थिक वातावरणले वैदेशिक लगानी र दीर्घकालीन व्यावसायिक साझेदारीका लागि विश्वभरका लगानीकर्तालाई ठूलो अवसर प्रदान गर्ने धारणा राखेका थिए। उनले मध्य प्रदेश वैदेशिक लगानीका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको बताए।

प्रचुर प्राकृतिक स्रोत-साधन, दक्ष जनशक्ति, उत्कृष्ट पूर्वाधार, विस्तारिँदो बजार, प्रगतिशील नीति र रणनीतिक भौगोलिक सञ्जालका कारण मध्य प्रदेश विश्वव्यापी लगानीकर्ताका लागि उपयुक्त रहेको उनको भनाइ थियो।

प्रकाशित: Sep 07, 2026| 20:44 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्