काठमाडौं- नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूका लाभांश दिने घोषणा गरेको छ।बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमध्ये ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ। यस्तै, बैंकले अग्राधिकार सेयरतर्फ ८ प्रतिशत लाभांश दिने प्रस्ताव समेत गरेको छ। उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ। नबिल बैंकप्रति निरन्तर विश्वास र साथ प्रदान गर्नुहुने सम्पूर्ण शेयरधनी, ग्राहक, नियामक निकाय तथा कर्मचारीहरूप्रति बैंकले हार्दिकआभार व्यक्त गरेको छ।
नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । बैंकले २६ लाखभन्दा बढीग्राहकलाई देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ।