शुक्रबार, असोज ३०, २०८३

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ८८ करोडको कारोबार

 |  शुक्रबार, असोज ३०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०८३

काठमाडौं। नेप्सेमा आज सामान्य वृद्धि भएको छ। आज शुक्रबार नेप्से ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेर रोकिएको छ।

आज ३४८ कम्पनिका एक करोड ३३ लाख ७६ हजार ४८९ कित्ता शेयर ४ अर्ब ८८  करोड ८९ हजार १०८ मा कारोबार भएको थियो। आज फाइनान्स, लगानी, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर १४.८२ प्रतिशतले बढेको छ भने बेनी हाइड्रोको शेयर १२.४६ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी एसबीएल डिभेन्चरको शेयर ५.८४ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २० करोड ४९ लाख बराबरको कारोबार भएको छ भने एनआइएमबी बैंकको १८ करोड २९ लाख बराबरको कारोबार भएको छ।

प्रकाशित: Oct 16, 2026| 16:03 शुक्रबार, असोज ३०, २०८३
प्रतिक्रिया दिनुहोस्