शुक्रबार, असोज ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक्साइड ब्याट्रीमा सिप्रदीको ‘महा-एक्सचेन्ज धमाका’ योजना सार्वजनिक

एक्साइड ब्याट्रीमा सिप्रदीको ‘महा-एक्सचेन्ज धमाका’ योजना सार्वजनिक

 |  शुक्रबार, असोज ३०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०८३

काठमाडौं- नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले नजिकिँदै गरेका चाडपर्वहरू (दसैँ तथा तिहार) लाई लक्षित गर्दै ‘महा-एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ।

सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस अफरअन्तर्गत ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना ब्याट्रीहरूसँग नयाँ एक्साइड ब्याट्री साट्न (एक्सचेन्ज गर्न) वा नयाँ खरिद गर्न सक्नेछन्। यस योजनाअन्तर्गत ग्राहकहरूले ५० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

नेपालभर फैलिएका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरहरूमार्फत यो सुविधा उपलब्ध हुनेछ। योजनालाई थप आकर्षक बनाउन कम्पनीले क्यासब्याक र निःशुल्क सर्भिसिङको समेत व्यवस्था गरेको छ। योजना अवधिभर हरेक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकहरूलाई ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर प्रदान गरिनेछ। यसका साथै ग्राहकहरूले एकपटकका लागि निःशुल्क ब्याट्री चेक-अप तथा सर्भिसिङ सुविधासमेत प्राप्त गर्नेछन्।

यस योजनामा सहभागी हुन ग्राहकहरूले एक्साइड ब्याट्री खरिद वा एक्सचेन्ज गरेपछि ‘सिप्रदी स्टार एप’ (SIPRADI STAR App) मार्फत पेपरलेस वारेन्टी दर्ता गर्नुपर्नेछ। वारेन्टी दर्ता गर्नासाथ ग्राहकहरू क्यासब्याक लक्की-ड्रमा स्वतः सहभागी हुनेछन्।

यस योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीको टोल फ्री नम्बरहरू १६६००१५५७७७ र ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१-५९७०३३९ मा सम्पर्क गर्न सकिने सिप्रदीले जनाएको छ।

प्रकाशित: Oct 16, 2026| 09:46 शुक्रबार, असोज ३०, २०८३
प्रतिक्रिया दिनुहोस्