शुक्रबार, असोज ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २.१०५३% लाभांश पारित

कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २.१०५३% लाभांश पारित

 |  शुक्रबार, असोज ३०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०८३

काठमाडौं- कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा असोज २८ गते बुधबार काठमाडौँको सुवर्ण शमशेर मार्गस्थित 'सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्स' मा सम्पन्न भएको छ।

उक्त सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ।

साथै, साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत (करसहित) लाभांशसमेत पारित गरेको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ एकाइहरूमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ। बैंकले आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: Oct 16, 2026| 09:43 शुक्रबार, असोज ३०, २०८३
प्रतिक्रिया दिनुहोस्