मंगलबार, भदौ २३, २०८३

नेपाललाई हराउँदै हङकङ चाइना एसीसी प्रिमियर कपको सेमिफाइनलमा

 |  मंगलबार, भदौ २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०८३

काठमाडौं। हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई पराजित गरेको छ।

मलेसियामा जारी खेलमा हङकङ चाइनाले नेपाललाई १५ रनले पराजित गरेको हो।

हङकङ चाइनाले दिएको २६२ रनको लक्ष्य पछाएको नेपाल ४९.१ ओभरमा अल आउट हुँदै २४६ रन बनाएको थियो। नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाएका थिए भने आसिफ सेखले ४४ रन बनाएका थिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २५, गुलशन झाले २० र करण केसीले २१ रन बनाएका थिए।

त्यस्तै हङकङ चाइनाका बलर एजाज खानले ४ विकेट लिएका थिए भने यसिम मुर्तजाले २ विकेट लिएका थिए।   

यसअघि हङकङ चाइनाले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २६१ रन बनाएको थियो। हङकङ चाइनाका लागि बाबर ह्यातले सतकीय पारी खेलेका थिए। उनले अविजित रहदै ११७ रन बनाएका थिए। त्यस्तै शहिद वासिफले ४५ रन बनाए भने एहसान खानले अविजित ३५ रन बनाएका थिए। त्यसैगरि नेपाली बलर सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएका थिए। 

यो जितपछि हङकङ चाइना समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ भने नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

अब नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने छ भने हङकङ चाइना भने युएईसँग खेल्ने छ। सेमिफाइनलका खेल विहिबार हुने छन्। एसीसी प्रिमियर कपको फाइनल खेल आगामी शनिबार हुँदैछ।

प्रकाशित: Sep 08, 2026| 15:26 मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्