सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सेरेनालाई हराउँदै भिक्टोरिया यूएस ओपनको फाइनलमा, उपाधिका लागि ओशाकासँग भिड्ने

सेरेनालाई हराउँदै भिक्टोरिया यूएस ओपनको फाइनलमा, उपाधिका लागि ओशाकासँग भिड्ने

ग्लोबल स्टार सेरेना विलियम्सलाई हराउँदै बेलारुसियन पूर्व नम्बर वान भिक्टोरिया अजरेन्का यूएस ओपनको फाइनलमा प्रवेश गरेकी छन्। उनले सेमीफाइनलमा सेरेनालाई २–१ ले हराउँदै फाइनल प्रवेश गरेकी हुन्।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– ग्लोबल स्टार सेरेना विलियम्सलाई हराउँदै बेलारुसियन पूर्व नम्बर वान भिक्टोरिया अजरेन्का यूएस ओपनको फाइनलमा प्रवेश गरेकी छन्। उनले सेमीफाइनलमा सेरेनालाई २–१ ले हराउँदै फाइनल प्रवेश गरेकी हुन्।

त्यस्तै, विश्व महिला टेनिस वरियतामा चौथो नम्बरकी जापानी स्टार नाओमी ओशाका पनि यूएस ओपनको फाइनलमा प्रवेश गरेकी छन्। उनले अमेरिकी खेलाडी जेनिफिर ब्राडीलाई हराउँदै फाइनल प्रवेश गरेकी हुन्।

ओशाका २०१८ को यूएस ओपनको विजेतासमेत हुन्। पहिलो प्रतिस्पर्धात्मक खेलमा ७–६ (७–१) को जित निकालेकी ओसाका दोस्रो खेलमा भने ३–६ को अन्तरले पछि परेकी थिइन् तर तेस्रो तथा निर्णायक खेलमा भने उनले ६–३ को जित निकाल्दै ब्राडीलाई स्तब्ध पारिन्।

अब ओशाकाले फाइनलमा पूर्व नम्बर वान भिक्टोरिया अजरेन्कासँग प्रतिस्पर्धा गर्नेछिन्।

भिक्टोरियासँग पराजित सेरेनाले २०१२ र २०१३ को फाइनलमा उनलाई हराउँदै उपाधि जितेकी थिइन्। सेरेनाले यसअघि ६ पटक यूएस ओपनसहित २३ पटक ग्रानस्लास्म जितिसकेकी छिन्।

हारसँगै सेरेनाको २४ औं उपाधि जित्ने मनोकांक्षा सकिएको छ। उनी १–६, ६–३ र ६–३ सेटमा पराजित भएकी थिइन्। पुरुषतर्फको सेमीफाइनल खेल भने शनिबार हुनेछ।

त्यस्तै पुरुष महिला दुवै तर्फका फाइनल खेल सेम्टेम्बर १३ (आइतबार) हुनेछ।

प्रकाशित: Sep 11, 2020| 13:04 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।