बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

 |  बिहीबार, भदौ ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०८३

काठमाडौं- भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द रहेको छ। प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडकमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा लेदोले सडक ढाकेकोर सडकमा ठूलो मात्रामा लेदो जमेकाले तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था रहेको छैन।

सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुलाई उक्त सडकखण्डमा यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

यसैबीच, मुग्लिन क्षेत्रमा बाढीपछि खोजी तथा उद्धारका क्रममा हालसम्म ४० जनाको शव फेला परेको जानकारी प्राप्त भएको छ। हिजो रातिसम्म ३९ जनाको शव फेला परेकोमा आज बिहान थप एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीको तीव्र बहावसँगै मानिस तथा अन्य सामग्री बगाएर ल्याएको हुन सक्ने भएकाले मुग्लिन आसपासका क्षेत्रमा खोजी कार्य जारी राखिएको छ।

बाढी र पहिरोका कारण सडकको अवस्था जोखिमपूर्ण बनेकाले प्रहरीले पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। सडकमा जमेको लेदो हटाउने तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन गर्न कठिन हुने प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 27, 2026| 08:51 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्