सिन्धुली- रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ स्थित फेन्सुङ पुलमुनि रहेका निर्माण कम्पनी तथा जलविद्युत् आयोजनामा कार्यरत कमलामाई नगरपालिकाका १६ जना नागरिक हालसम्म परिवारको सम्पर्कमा नआएपछि नगरपालिकाले खोजीका लागि सार्वजनिक अपिल गरेको छ।
कमलामाई नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै रसुवागढी हाइड्रोपावर र जाङ्ग्ज्याङ् कम्पनीमा कार्यरत नगरबासीहरू सम्पर्कविहीन भएको जानकारी दिएको हो।
नियमित सम्पर्कमा नरहेकाहरूमा कमलामाई नगरपालिका वडा नम्बर २ डाढीगुँरासेका इन्जिनियर राजेन्द्र ढकाल, वडा नम्बर ११ का लक्ष्मण सापकोटा, राज कुमार श्रेष्ठ, बल बहादुर माझी, भक्त बहादुर माझी, सोम बहादुर माझी, भरत माझी, शंकर खत्री, टंक बहादुर श्रेष्ठ, बुद्धि विक्रम थापा (युनिश), विष्णु बहादुर श्रेष्ठ, प्रेम बहादुर ढलान, बल बहादुर माझी, सुनिल माझी र राजन रसैली रहेका छन्। त्यस्तै वडा नम्बर ९ का केवल बहादुर थापा (हाल सम्पर्कविहीन स्थान: २ नं वाहिनी, रसुवा) र पाण्डव भण्डारी (हाल सम्पर्कविहीन स्थान: रसुवागढी हाइड्रोपावर) पनि सम्पर्कमा आएका छैनन्।
नगरपालिकाले ती व्यक्तिहरूलाई सकुशल भेट्टाउन वा देखेमा नजिकको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन अनुरोध गरेको छ। सहज सम्पर्कका लागि नगरपालिकाले ९८४४०४६५००, ९८४४०४५५००, ९८४४०४२५१२, ९८४४०५०१११, ९८१७६०४७०३, ९८४५०५१७६९ र ९८४४१७७९११ नम्बरहरू सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ। साथै, इन्जिनियर ढकाललाई भेट्नेले ९८४९९०२७९१ मा सम्पर्क गरिदिन आग्रह गरिएकाे छ।
