बुधबार, चैत ४, २०८२

दुई दिन एक्लै अभ्यास गरेका मेस्सी अब सामूहिक प्रशिक्षणमा

बार्सिलोनाका कप्तान लियोनेल मेस्सी बुधबारदेखि सामूहिक प्रशिक्षणमा सहभागी भएका छन्
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– बार्सिलोनाका कप्तान लियोनेल मेस्सी बुधबारदेखि सामूहिक प्रशिक्षणमा सहभागी भएका छन्। पछिल्लो साता उनी प्रशिक्षणबाट बाहिर थिए।

National life

स्पेनिस ला लिगाले जारी गरेको कोरोना भाइरस प्रोटोकलका कारण उनी सोमबार र मंगलबार अभ्यासमा उपस्थित भए पनि सामूहिक अभ्यासमा थिएनन्।

त्यसअघि उनी क्याटलान क्लबबाट इंग्लिस क्लबमा जाने इच्छा देखाउँदै प्रशिक्षणमा उपस्थित भएका थिएनन्।

उनी बुधबार डच प्रशिक्षक रोनाल्ड कोयमेनसँग पहिलोपटक प्रशिक्षणमा सहभागी भए। मेस्सीको शारीरिक अवस्था हेरेर उनी शनिबारको प्रि–सिजन मैत्रीपूर्ण खेलमा सहभागी हुने वा नहुने बारे टुंगो लाग्ने बार्सिलोनाले जनाएको छ।

अभ्यासका क्रममा पर्याप्त गति लिन नसके उनी खेलमा सहभागी हुने छैनन्। आउँदो सिजनको तयारीका लागि तारागोना क्लबसँग मैत्रीपूर्ण खेल्ने योजना बार्सिलोनाकाे छ।

Laxmi sunrise bank
kumari

मेस्सीसँगै फिलिप काउटिन्हो, सर्जियो बस्क्वेट, फ्रांकी डि जोङ र अन्सु फाती पनि प्रशिक्षणमा सहभागी भए। तर फ्रेन्च स्टार क्लेमेन्ट लेन्गेट र एन्टोनी ग्रिजम्यान भने नेसन्स लिगमा समावेश भएर फर्किएका छैनन्।

प्रकाशित: Sep 09, 2020| 17:39 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।