सोमबार, असार २९, २०८३

पोर्चुगल जिताउँदै रोनाल्डोले पुरा गरे सय गोलको कीर्तिमान

युईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा ग्लोबल स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै पोर्चुगललाई जित दिलाएका छन्।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- युईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा ग्लोबल स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै पोर्चुगललाई जित दिलाएका छन्।

स्विडनको फ्रेन्डस एरिना रंगशालामा सम्पन्न खेलमा रोनाल्डोले दुई गोल गर्दै घरेलु टिमलाई हराएका हुन्।

उनले मंगलबार राति गोल गरेसँगै पोर्चुगलका तर्फबाट अन्तर्राष्ट्रिय खेलमा सय गोलको कीर्तिमान पुरा गरेका छन्। उनी अन्तर्राष्ट्रिय खेलमा १०० गोल पुर्याउने विश्वका दोस्रा खेलाडी हुन भने युरोपका पहिलो खेलाडी हुन।

यसअघि इरानका अली डाइले मात्र अन्तर्राष्ट्रिय खेलमा सय गोल पुर्याएका थिए। उनले खेल जीवन(१९९३–२००६) मा १०९ गोल गरेका छन्।
त्यस्तै अन्य धेरै गोल गर्नेमा भारतका सुनिल क्षेत्रीले ७२ गोल र अर्जेन्टिनाका लियोनेल मेस्सीले ७० गोल गरेका छन्।

नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलको ४५ औं मिनेटमा रोनाल्डोले फ्रि किकमार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए। उनको गोलसँगै पहिलो हाफमा पाहुना टिम एक गोलले अघि रह्यो।

त्यस्तै ७२ औं मिनेटमा जोआ फेलिक्सको पासलाई सदुपायोग गर्दै रोनाल्डोले नै दोस्रो गोल थपे। उनको दोस्रो गोलपछि अन्य कुनै गोल सम्भव भएन। र, पोर्चुगलले २–० गोलअन्तरको जित निकाल्यो।

यता, गोलविहिन स्विडेनका गुस्ताभ स्वेन्सन पहिलो हाफको ४४ औं मिनेटमै रातो कार्ड खाँदै बाहिरिएपछि घरेलु टिम १० खेलाडीमा सीमित बनेको थियो।

जिसहित ६ अंक बनाएको पोर्चुगल लिग ए, समूह ३ को शीर्षस्थानमा छ भने समान ६ अंक बनाएको फ्रान्स दोस्रो स्थानमा छ। अंकविहिन स्विडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छन्।

रोनाल्डोकै नायकत्वमा पोर्चुगलले २०१६ मा युरोकप र २०१९ मा नेसन्स लिगको उपाधि जितिसकेको छ।

प्रकाशित: Sep 09, 2020| 07:45 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।