सोमबार, असार २९, २०८३

बेल्जियमको सानदार जित, इंग्ल्यान्डको बराबरी

काठमाडौं– फिफा वरियताको नम्बर एकमा रहेको टिम बेल्जियमले युईएफए नेसन्स लिगको मंगलबार राति सम्पन्न खेलमा आइसल्यान्डलाई ५–१ गोलअन्तरले हराएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– फिफा वरियताको नम्बर एकमा रहेको टिम बेल्जियमले युईएफए नेसन्स लिगको मंगलबार राति सम्पन्न खेलमा आइसल्यान्डलाई ५–१ गोलअन्तरले हराएको छ।

बेल्जियमको किङ बुडोउइन रंगशालामा सम्पन्न खेलमा मिची बाट्शुयीले दुई गोल गरे भने एलेक्स विट्सेल, डिरिज मेर्टेन्स र जेरेमी डोकूले समान १–१ गोल गरे।

यता आइसल्यान्डका होल्मबर्टले १० औं मिनेटमा गरेको गोल भने पाहुना टिमका लागि सान्त्वना गोल बन्यो।

जितसहित ६ अंक जोडेको बेल्जियम लिग ए, समूह २ को शीर्षस्थानमा छ भने पराजित आइसल्यान्ड अंकविहिन रहेर समूहको पुछारमा छ।

त्यस्तै समूह २ अन्तर्गतकै अर्को खेलमा इंग्ल्यान्डले डेनमार्कसँग गोलरहित बराबरी खेलेको छ। डेनमार्कको पार्केनमा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न नसकेपछि उनीअरुले अंक बाँडेका थिए।

यससँगै ४ अंक बनाएको इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा छ भने एक अंकका साथ डेनमार्क तेस्रो स्थानमा छ।

 

प्रकाशित: Sep 09, 2020| 08:22 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।