सोमबार, असार २९, २०८३

हाप्किडोकोे दोस्रो राष्ट्रिय भर्चुअल च्याम्पियनसिप हुने

नेपाल मार्शल आर्ट्स हाप्किडो संघले आगामी अक्टोबरमा भर्चुअल च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– नेपाल मार्शल आर्ट्स हाप्किडो संघले आगामी अक्टोबरमा भर्चुअल च्याम्पियनसिप आयोजना गर्ने भएको छ। आगामी १०–१५ अक्टोबरमा च्याम्पियन सञ्चालन गरिने संघका महासचिव सुवर्ण बिसीले बताए।

संघले आयोजना गर्न लागेको यो पहिलो भर्चुअल च्याम्पियनसिप हो। समग्रमा भने हाप्किडोको यो दोस्रो भर्चुअल च्याम्पियनसिप हो। यसअघि पहिलो भर्चुअल च्याम्पियनसिप नुवाकोट जिल्ला हाप्किडो संघले आयोजना गरेको थियो।

च्याम्पियनसिपमा सेल्फ डिफेन्स, हाई फल–लङ फल र वेपन टेक्निकमा प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपमा सहभागी खेलाडीले १० देखि १५ अक्टोबरभित्र तीनदेखि पाँच मिनेटसम्मको भिडियो पठाइसक्नुपर्ने छ। खेलाडीहरुले पठाएको भिडियोको आधारमा च्याम्पियनसिपको नतिजा २० अक्टोबरमा सार्वजनिक गरिने संघले जनाएको छ।

संघले कोभिड १९ महामारीको समयमा समेत आफ्ना खेलाडीलाई खेलप्रति सक्रिय बनाइराख्न भर्चुअल प्रतिस्पर्धाको आयोजना गरिएको जनाएको छ।

‘कोभिड १९ संकटले सबैलाई त्रसित बनाएको छ। नियमित अभ्यास र प्रतिस्पर्धामा हुने खेलाडीसमेत लामो समय घरभित्रै बस्नुपर्दा समस्या थपिएको छ,’ संघका महासचिव बिसी भन्छन्, ‘खेलाडीहरुलाई यो समस्याबाट मुक्त गराउनका लागि पनि भर्चुअल च्याम्पियनसिपको आयोजना गरिएको हो।’

प्रतिस्पर्धामा सहभागी सबैले हाप्किडोको ड्रेस लगाएको हुनुपर्ने तथा भिडियोसँगै सहभागी खेलाडीको पूरा नाम र ठेगाना पनि राखिएको हुनुपर्ने नियम संघले बनाएको छ।

विजेता खेलाडीहरुले नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

प्रकाशित: Sep 10, 2020| 15:48 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।