बुधबार, चैत ४, २०८२

यूएस ओपनको सेमीफाइनल समीकरण पूरा

आज (बिहीबार) यूएस ओपनको क्वार्टरफाइनल खेल सम्पन्न भएसँगै पुरुष र महिला दुवैतर्फको सेमीफाइनल समीकरण पूरा भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– आज (बिहीबार) यूएस ओपनको क्वार्टरफाइनल खेल सम्पन्न भएसँगै पुरुष र महिला दुवैतर्फको सेमीफाइनल समीकरण पूरा भएको छ। पुरुषतर्फको सेमीफाइनल खेल आगामी शनिबार हुनेछ भने महिलातर्फको भोलि शुक्रबार हुनेछ।

National life

महिलातर्फ विश्व टेनिस बरियताको तेस्रो स्थानकी सेरेना विलियम्स अमेरिकामा जारी यूएस ओपनको सेमीफाइनल प्रवेश गरेकी छन्। उनले त्वेताना पिरोनकोवालाई २–१ को सेटमा हराउँदै अन्तिम ४ मा पुगेकी हुन्।

सेरेनाले पहिलो सेटमा ४–६ ले पछि परेको अवस्थाबाट ६–३ र ६–२ अन्तरले पुनरागमन गर्दै क्वार्टरफाइनलमा बुग्लेरियन खेलाडीलाई हराइन्। सेमीफाइनल प्रवेश गरेसँगै ३८ वर्षे सेरेनाको २४ पटक ग्राण्डस्लम जित्ने आशा कायमै छ।

सेरेनाले दोस्रो सेमीफाइनलमा पूर्व विश्व नम्बर वान खेलाडी भिक्टोरिया अजरेन्कासँग प्रतिस्पर्धा गर्नेछिन्। जसलाई सेरेनाले २०१२ र २०१३ को यूएस ओपन फाइनलमा हराउँदै टाइटल जितेकी थिइन्।

अजरेन्काले बेल्जियमकी २४ वर्षे इलिसा मेर्टेन्सलाई ६–१ र ६–० को साझो सेटमा हराउँदै सेमीफाइनल प्रवेश गरेकी हुन्।

Laxmi sunrise bank
kumari

त्यस्तै, शुक्रबार नै हुने पहिलो सेमीफाइनल खेलमा जापानी स्टार नाओमी ओसाकाले जेन्निफिर ब्राडीसँग प्रतिस्पर्का गर्नेछिन्। सेमीफाइनलका विजेताबीच फाइनल खेल सेप्टेम्बर १३ मा हुनेछ।

त्यस्तै पुरुषतर्फको शनिबार हुने पहिलो सेमीफाइनल खेलमा डेनी मेड्वेदेव र डोमिनिक थिमले प्रतिस्पर्धा गर्ने छन् भने कारेनो शनिबार नै हुने दोस्रो सेमीफाइनल खेलमा कार्रेनो बुस्टा र अलेक्जेन्डर जेवेरेव भिड्नेछन्।

पुरुषतर्फका विश्व नम्बर वान नोभाक जोकोविच अनुशासनका कारण क्वार्टरफाइनल अगावै खेलबाट बाहिरिसकेका छन्।

प्रकाशित: Sep 10, 2020| 12:50 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।