सोमबार, असार २९, २०८३

कोरोनामुक्त भएपछि चेन्नईका दीपक चाहर टिमसँग जोडिए

चेन्नई सुपर किंग्स (सीएसके) का बलर दीपक चाहर कोरोना मुक्त भएपछि टिमसँग जोडिएका छन्।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज क्लब चेन्नई सुपर किंग्स (सीएसके) का बलर दीपक चाहर कोरोना मुक्त भएपछि टिमसँग जोडिएका छन्। उनको बुधबार दोस्रो कोरोना परीक्षण रिपोर्ट नोगेटिभ आएको हो।

यसपछि उनी टिमको होटेलमा फर्किएका हुन्। उनको अभ्यास भने सुरु भएको छैन। जहाँ उनीसँगै संक्रमित पाइएका खेलाडी रितुराज गायकवाड अझै क्वारेन्टिनमै छन्। उनको क्वारेन्टिन १२ सेम्टेम्बरमा पुरा हुनेछ।

सीएसकेका सिइओ काशी विश्वनाथनले दीपकको कोरोना परीक्षण नेगेटिभ आएपछि उनी क्लबको बायोसेक्योर बबलमा फर्किएका बताएका छन्।

‘बीसीसीआई (भारतीय क्रिकेट कन्ट्रोल बोर्ड) को कोरोना प्रोटोकलका कारण उनको कार्डियो परीक्षण हुनेछ। जसले उनको रिकभरीबारे बताउनेछ। त्यसपछि अर्को कोरोना परीक्षण हुनेछ र त्यो पनि नेगेटिभ आएमा उसले अभ्यास सुरु गर्न सक्नेछन्,’ विश्वनाथनले भने।

सेम्टेम्बर अन्तिम हप्ता गरिएको कोरोना परीक्षणमा सीएसकेका २ खेलाडीसहित १३ जनामा कोरोना देखिएको थियो। क्वारेन्टिन अवधि समाप्त भएपछि गरिएको दुई परीक्षणमा नेगेटिभ आएका खेलाडी र स्टाफ टिमसँग जोडिएका छन्।

साथै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको क्लबले ४ सेम्टेम्बरबाट अभ्यास थालिसकेको छ।

यता, सीएसकेका दुई भेट्रान खेलाडी सुरेश रैना र हरभजन सिंह आउँदो सिजनको आईपीएलमा समावेश नहुने भएका छन्। तर प्रतियोगिता सुरु हुन मात्र १० दिन बाँकी रहँदा पनि क्लबले उनीहरुको विकल्पमा कुनै खेलाडी भित्र्याएको छैन। रैना र सिंह क्लबका महत्वपूर्ण खेलाडी हुन्।

प्रकाशित: Sep 10, 2020| 18:11 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।