सोमबार, असार २९, २०८३

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले पाए एक वर्षको तलब

सन् २०१९ को तलबमा त्यसअघिको भन्दा १० हजार बढेर आएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीले एक वर्षको तलब प्राप्त गरेका छन्। उनीहरुले सन् २०१९ को तलब पाएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

क्यानले आज (बिहीबार) सूचना जारी गर्दै २२ खेलाडीलाई तलब वितरण गरेको बताएको छ। सन् २०१९ को तलबमा त्यसअघिको भन्दा १० हजार बढेर आएको छ।

नेपालमा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई तीन समूहमा विभाजन गरिएको छ। ‘ए’ ग्रेडमा रहेका खेलाडीले ४५ हजार तलब पाएका छन् भने बी र सीकाले ३५ र २५ हजार तलब पाएका छन्।

यसअघि ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडका खेलाडीले क्रमशः ३५, २५ र १५ हजार रुपैयाँ मासिक तलब पाउँथे।

राष्ट्रिय खेलाडीको ग्रेड विभाजन

‘ए’ ग्रेडः ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामी, सन्दीप लामिछाने, शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, करण केसी र विनोद भण्डारी

‘बी’ ग्रेडः रोहित पौडेल, बसन्त रेग्मी, पवन सराफ, अभिनाश बोहोरा, आरिफ शेख, ललितनारायण राजवंशी, सन्दिप जोरा र सुशन भारी

‘सी’ ग्रेडः रसिद खान, कुशल मल्ल, राजु रिजाल, प्रदीप ऐरी, इशान पाण्डे र कुशल भुर्तेल

नेपाली राष्ट्रिय महिला टिमले भने अहिलेसम्म तलब पाउने व्यवस्था गरिसकिएको छैन।

प्रकाशित: Sep 10, 2020| 13:48 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।