सोमबार, असार २९, २०८३

रियलको तेस्रो किट कालो र खरानी डिजाइनमा गुलाबी धर्सा

काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडले आगामी सिजन २०२०–२१ का लागि नयाँ जर्सी (किट) सार्वजनिक गरेको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडले आगामी सिजन २०२०–२१ का लागि नयाँ जर्सी (किट) सार्वजनिक गरेको छ।

रियलले आउँदो सिजनका लागि एडिडासले कम्पनीले बनाएको तेस्रो किट सार्वजनिक गरेको हो।

स्पेनिस ला लिगाको पछिल्लो सिजनको विजेता रियलको तेस्रो किट कालो र खरानी रंगलाई समायोजन गरेर बनाइएको छ। जसमा गुलाबी रंगको धर्सासहित सोही रंगमा स्पोन्सरको नाम र ब्याज देख्न पाइन्छ।

‘अगाडि सुक्ष्म कालो र खरानी डिजाइनका साथको जर्सी सहरले मन पराउने सिरामिक टाइल्समा भएका चित्रबाट प्रेरित भएर बनाइएका हुन्,’ क्लबले जारी गरेको सूचनामा भनिएको छ।

रियलको अर्को टिक क्लासिक सेतो गुलाबी रंगमा स्पोन्सरको नाम र ब्याज राखिएको छ। लिग विजेता रियल मड्रिडले यसअघि नै दुईवटा किट सार्वजनिक गरिसकेको छ। आउँदो सिजन सेप्टेम्बर १२ बाट सुरु हुँदैछ। हप्तान्तको पहिलो दिन शनिबार राति ७ खेल हुनेछन्।

साविक विजेता रियल मड्रिडले पहिलो खेल सेप्टेम्बर २१ मा रियल सोडिडाडसँग खेल्नेछ। त्यस्तै बार्सिलोनाविरुद्धको पहिलो एल क्लासिको नोभेम्बर ४ मा हुने छ।

प्रकाशित: Sep 09, 2020| 16:41 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।