सोमबार, असार २९, २०८३

बार्सिलोनाको चुनाव मार्चमा

स्पेनिस फुटबल क्लब बार्सिलानाको प्रेसिडेन्सियल निर्वाचन २०२१ मार्च २० र २१ हुने भएको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं – स्पेनिस फुटबल क्लब बार्सिलानाको प्रेसिडेन्सियल निर्वाचन २०२१ मार्च २० र २१ हुने भएको छ।

बार्सिलोनाले मार्च तेस्रो साता विभिन्न ठाउँमा मतदान सम्पन्न गरिने कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचनमा मतदानको ढाँचामा केही फेरबदल गरिएको बार्सिलोनाले जनाएको छ। कोरोना भाइरस महामारीका कारण धेरै समय लाम लाग्न नपरोस् भनेर यस्तो व्यवस्था गरिएको बताइएको छ।

चुनाव मितिलाई लिएर दर्ता गरिएको अविश्वास प्रस्वावका पक्षमा हस्ताक्षर संकलन भइरहेको छ।

बार्सिलोनाले आगामी अक्टोबर २५ मा बोर्डको साधारण सभा बोलाएको छ। सोही दिन रियल मड्रिड र बार्सिलोनाको (एल क्लासिको) खेलसमेत छ।

‘निर्धारित समयमा कोरोना महामारीका कारण केही समस्या भएमा हामीले मानिसको स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ। त्यसैले गाह्रो परिस्थिति आइपरेमा साधारण सभालाई स्थगित गर्न पनि सक्नेछौं,’ बार्सिलोनाले जारी गरेको सूचनामा भनिएको छ।

सूचनामा कोरोनाका महामारीका कारण चार हजार मिलियन युरो घाटा लागेको उल्लेख छ। टीभी राइटबाट यसअघिभन्दा ५७५ मिलियन युरो रकम प्राप्त भएको छ।

आउँदो निर्वाचनपछि अध्यक्ष जोसेप मारिया बर्टोमाउ अध्यक्ष पदमा रहने छन् वा छैनन् भन्ने फैसला हुनेछ।

प्रकाशित: Sep 11, 2020| 13:03 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।