काठमाडौं- तीन खेलको अष्ट्रेलिया–इंग्ल्यान्ड टी-२० सिरिजको अन्तिमा खेलमा पाहुना टिम अष्ट्रेलियाले सान्त्वना जित निकालेको छ।
पहिलो दूई खेल जितेर सिरिज कब्जा गरिसकेको इंग्ल्यान्डमाथी अष्ट्रेलियाले ५ विकेटको सान्त्वना जित निकालेको हो।
मंगलबार राति सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्यान्डले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। १४६ रनको लक्ष्य पाएको अष्ट्रेलियाले तीन बल बाँकी रहँदै ५ विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गर्यो।
पहिलो इनिङमा इंग्ल्यान्डका जोन्नी ब्रिस्टले ५५ रन बनाए भने जोय डेनलीले २९ र कप्तान मोइन अलीले २३ रन बनाए। अष्ट्रेलियाका एडम जम्पाले दूई विकेट लिएका थिए।
जवाफी ब्याटिङमा आएका कप्तान आरोज फिन्च र माइकल महर्शले समान ३९–३९ रन बनाए भने मार्कुस स्टोनिसले २६ रन जोडे।
इंग्ल्यान्डका आदिल रशिदले तीन विकेट लिए।
अन्तिम खेलमा अष्ट्रेलियाले जित निकाले पनि अघिल्ला दुई खेलमा जित निकाल्दै इंग्ल्यान्डले २–१ ले सिरिज कब्जा गरेको छ।