सोमबार, असार २९, २०८३

सीपीएलको फाइनलमा पुग्न ५६ रनको लक्ष्य, १० विकेटको जित

क्यारेबियम प्रिमियर लिग (सीपीएल)को बुधबार बिहानसम्पन्न दोस्रो सेमीफाइनल खेलमा गुएना अमेजन वारियर्सलाई १० विकेटले हराउँदै सेन्ट लुसिया जोउक्स फाइनल प्रवेश गरेको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– क्यारेबियम प्रिमियर लिग (सीपीएल)को बुधबार बिहानसम्पन्न दोस्रो सेमीफाइनल खेलमा गुएना अमेजन वारियर्सलाई १० विकेटले हराउँदै सेन्ट लुसिया जोउक्स फाइनल प्रवेश गरेको छ।

अब लुसियाले पहिलो सेमीफाइनल खेलमा लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाजलाई ९ विकेटले हराउँदै फाइनल पुगेको ट्रिनबागो नाइट राइडर्सले फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ।

पहिलो खेलमा जमैकाले खराब प्रदर्शन गरेको प्रतियोतिको दोस्रो सेमीफाइनल खेलमा अमेजनले झन् खराब प्रदर्शन गर्यो।

टास हारेर ब्याटिङको निम्तो पाएको गुएना अमेजनले खराब ब्याटिङ गर्दै ५५ रन बनाउन सक्यो। मैदानमा १३.४ ओभर मात्र टिकेको अमेजनले सम्पूर्ण विकेट गुमाउँदै ५५ रन बनाएको हो।

खेलमा ओपनर ब्रान्डम किंग, शिमरोन हेट्मयर, रोमारियो शेफर्ड र इमरान ताहिर गरि ४ खेलाडी बिना कुनै रन पेवेलियन फर्किए। त्यस्तै केविन सिन्क्लेयर, किमो पाउल र रोज टेलरले क्रमश १, २ र ३ रन बनाए।

कप्तान क्रिस ग्रिन, निकोलस पुरन र चन्द्रपपाउल हेमराजले मात्र जोर अंकमा रन बनाए पनि सम्झनलाइक प्रदर्शन गर्न सकेनन्।

यता लुसियाका स्कट कुग्लेजिन, रुस्तन चेज जाहिर खान र मार्क दियालले समान २–२ विकेट लिए।

यता लुसियाका खोपनर रखिम कर्नवाल र डियलले विना ४.३ ओभरमा सहजै लक्ष पुरा गरे। अमेजनका कुनै खेलाडीले पनि विकेट लिन सकेनन्।
प्रतियोगिताको फाइनल खेल भोलि (सेप्टेम्बर १०) मा हुनेछ।

प्रकाशित: Sep 09, 2020| 13:53 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।