भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले अन्य प्रतियोगिता खेलेर आईपीएलमा सहभागी हुने विदेशी खेलाडीलाई क्वारेन्टिनमा नराख्न सकिनेसहितको सर्त ल्याएको छ।
यूएईमा आगामी सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी हुन भारतीय क्रिकेट टिम यूएई प्रस्थान सुरु गरेको छ।
क्यारेबियन प्रिमियर लिग(सीपीएल) अन्तर्गत आज(शुक्रबार) बिहान सम्पन्न खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम जमैका तल्लाहवाजले पहिलो हार बेहोरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई पत्र लेख्दै क्रिकेटमा दिएको योगदानका लागि धन्यवाद व्यक्त गरेका छन्।