बुधबार, चैत ४, २०८२

आईपीएल २०२० : सुपर ओभरमा दिल्लीले पञ्जाबलाई हरायो

मोहम्मद शमीले एक वाइड फ्याँके र त्यसपछि ऋषभ पन्तले दुई रन दौडेर टिमलाई जित दिलाए।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– यूएईमा जारी आईपीएलको दोस्रो म्याच सुपर ओभरमा सकिएको छ।

National life

सुपर ओभरमा दिल्ली क्यापिटल्सले ६ बलमा ३ रन बनाउनुपर्ने थियो। मोहम्मद शमीले एक वाइड फ्याँके र त्यसपछि ऋषभ पन्तले दुई रन दौडेर टिमलाई जित दिलाए।

यसअघि सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले दुई विकेट गुमाएर दुई रन बनाएको थियो।

दिल्लीले टस जितेर बलिङ रोज्दै २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य पाएको पञ्जाबले पनि पूरै ओभर खेल्दै ८ विकेट नै गुमाएर १५७ रन बनायो।

पञ्जाबका लागि मयंक अग्रवालले सबैभन्दा धेरै ६० बलमा ८९ रन बनाएका थिए। उनी टिमलाई जित दिलाउनबाट एक रनमात्रै चुके।

Laxmi sunrise bank
kumari

आखिरी ओभरमा पञ्जाबले ६ बलमा १३ रन बनाउनुपर्ने थियो। दिल्लीका मार्कस स्टोइनिसले आखिरी २ बलमा मयंक र क्रिस जोर्डनलाई आउट गर्दै म्याचलाई सुपर ओभरमा धकेलिदिए।

 

प्रकाशित: Sep 20, 2020| 23:44 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।