बुधबार, चैत ४, २०८२

बुन्डेसलिगा सुरु : पहिलो खेलमा बायर्न र साल्के भिड्दै

जर्मनीको शीर्ष लिग बुन्डेसलिगा आज (शुक्रबार) बाट सुरु हुँदैछ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बायर्नले साल्केसँग प्रतिस्पर्धा गर्नेछ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं- जर्मनीको शीर्ष लिग बुन्डेसलिगा आज (शुक्रबार) बाट सुरु हुँदैछ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बायर्नले साल्केसँग प्रतिस्पर्धा गर्नेछ।

National life

शुक्रबार राति एकमात्र खेल हुनेछ। यो खेलबाट बायर्न सुरुवाती जितका लागि संघर्ष गर्नेछ भने साल्के पनि घरेलु टिमलाई हराएर आफूलाई साबित गराउने होडमा हुनेछ। खेल आज राति सवा १२ सुरु हुनेछ।

पछिल्लो सिजनमा पुरा ३४ खेलबाट ८२ अंक बनाउँदै बायर्नले लिग जितेको थियो भने दोस्रो स्थानको डर्टमुन्डले ६९ अंक बनाएको थियो। बायर्नले बुन्डेसलिगाका साथै जर्मन कप र च्यामिपयन्स लिगसमेत जितेको थियो।

पछिल्लो सिजनको बुन्डेसलिगा चर्चामा रह्यो। कोरोना महामारीबीच युरोपका शीर्ष पाँच लिगमध्ये सबैभन्दा पहिला सुरु भएको लिगले युरोपियन फुटबल प्रतियोगिता सुरु गर्न आधारशिला प्रदान गरेको थियो।

तर, नयाँ सिजन सुरु गर्न भने केही ढिलो गरेको छ। युरोपमा यसअघि नै इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र फ्रेन्च लिग वान सुरु भइसकेका छन्। इटालियन सिरी ए भने भोलि (शनिबार) रातिबाट सुरु हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 18, 2020| 12:47 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।