सोमबार, असार २९, २०८३

एम्बाप्पे खेलमा फर्किएसँगै पीएसजी जितको लयमा

फ्रेन्च लिग वानका सुरुवाती दुई खेलमा पराजय भोगेको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेनले आइतबार साँझ दोस्रो जित निकालेको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं- फ्रेन्च लिग वानका सुरुवाती दुई खेलमा पराजय भोगेको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेनले आइतबार साँझ दोस्रो जित निकालेको छ।

निसेको मैदानमा सम्पन्न खेलमा पीएसजीले घरेलु टिमलाई ३-० ले पराजित गरेको हो।

जितका लागि केलियन एम्बाप्पे, एन्जेल डि मारिया र काक्र्विन्होसले १-१ गोल गरे। खेलको ३८ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै एम्बाप्पेले सुरुवाती गोल गरे।

पहिलो हाफको अतिरिक्त समयमा एन्जेल डि मारियाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। डि मारियाको गोलसँगै पीएसजी पहिलो हाफमा २ गोलले अघि रह्यो।

दोस्रो हाफमा पीएसजीले १ गोल थप्यो। डि मारियाको पासमा माक्र्विन्होसले गोल गर्दै अग्रतालाई ३-० बनाए। तीन गोलको अग्रतासँगै जित निकालेको पीएसजी ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ।

पीएसजीले ४ खेलमा २ जित र २ हार बेहोरेको छ।

प्रकाशित: Sep 20, 2020| 14:03 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।