सोमबार, असार २९, २०८३

साउथह्याम्टनविरुद्ध सनको ह्याट्रिक, टोटेनहमको सानदार जित

इङ्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा टोटेनहमले साउथह्याम्टनविरुद्ध सानदार जित निकालेको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं- इङ्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा टोटेनहमले साउथह्याम्टनविरुद्ध सानदार जित निकालेको छ।

सान ह्युङ मिनको ह्याट्रिकसँगै पाहुना टिमले ५–२ को जित निकालेको हो।

एक गोलले पछि परेको अवस्थामा सनले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे। उनको गोलअघि ३२ औँ मिनेटमा साउथह्याम्टनका डेन्नी इन्गसले गोल गर्दै सुरुवती अग्रता बनाएका थिए।

तर खेलको ४७ औँ मिनेटमा सनले दोस्रो गोल गर्दै अग्रता खोसे। त्यस्तै ६४ औँ मिनेटमा सनले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे भने चौथो गोल ७३ औँ मिनेटमा गरे।

टोटेनहमकै अर्का फरवार्ड ह्यारी केनले ८२ औँ मिनेटमा पाँचौ गोल गरेर सानदार जितमा योगदान दिए। पराजित टिमका इन्गसले निर्धारित समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत् गोल गरेपछि खेलको नतिजा ५–२ भयो।

दोस्रो खेलबाट टोटेनहमले पहिलो जित निकाल्दै ३ अंक जोडेको छ। ऊ पहिलो खेलमा एभर्टोनसँग पराजित भएको थियो।
पराजित टोली साउथह्याम्टन अंकबिहिन छ।

प्रकाशित: Sep 20, 2020| 14:10 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।