सोमबार, असार २९, २०८३

तेस्रो खेलमा पीएसजीको पहिलो जित

सुरुवाती दुई खेलमा लगातार हार बेहोरेको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग १ को तेस्रो खेलमा जित निकालेको छ ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– सुरुवाती दुई खेलमा लगातार हार बेहोरेको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग १ को तेस्रो खेलमा जित निकालेको छ ।

उसले घरेलु मैदानमा मेट्जविरुद्ध १–० गोलअन्तरको जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा जितका लािग जोलियन ड्रक्सलेरले इन्ज्युरी समयमा गोल गरे ।

पहिलो हाफ र निर्धारित ९० मिनेटसम्म पनि गोल नभएपछि बराबरीतर्फ मोडिन लागेको अवस्थामा ड्रक्सलेरले गोल गरेका थिए ।
उनले डि मारियाको क्रसलाई गोलमा बदलेका थिए ।

यता खेलको ६५ औं मिनेटमा पीएसजीका डिफेन्डर अब्दोउलो डियालेले मेट्जका मियनेको सर्ट तानेका कारण दोहोरो एल्लो कार्ड खाँदै बाहिरिए ।

१० खेलाडीमा समेटिएको पीएसजीले पहिलो जित निकाल्दै अंकतालिकामा खाता खोलेको छ ।

तेस्रो चरण सकिँदा ३ अंक बनाएको पीएसजी १५औं स्थानमा छ भने पराजित मेट्ज अंकविहीन रहँदै १८ औं स्थानमा छ ।

प्रतियोगितामा फरवार्ड द्वव नेयमार जुनियर र केलियन एम्बाप्पे भने सहभागी थिएनन् ।

एम्बाप्पेलाई कोराना संक्रमण भएपछि उनी क्वारेन्टिनमा छन भने नेयमार अघिल्लो खेलमा डबल एल्लोकार्ड पाएपछि बाहिरै छन ।

प्रकाशित: Sep 17, 2020| 06:53 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।