सोमबार, असार २९, २०८३

पहिलो खेलमै म्यान्चेस्टर युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग ३–१ गोलअन्तरले पराजित भएको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग ३–१ गोलअन्तरले पराजित भएको छ।

ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडका लागि डोन्नी भन डि बिकले सान्त्वना गोल गरे। यता जितका लागि क्रिस्टलका वाइल्डफ्रिड जहाले २ गोल गरे भने अन्द्रोस टोवनसेन्डले एक गोल गरे।

खेलको सातौं मिनेटमै टोवनसेन्डले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए। त्यस्तै ७४ औं मिनेटमा जहाले पेनाल्टीमार्फत गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

८०औं मिनेटमा युनाइटेडका बिकले गोल गर्दै खेलमा फर्कन चाहे पनि फर्कन सकेनन्। बरु जहाले नै ८५औं मिनेटमा तेस्रो गोल गरे।

क्रिस्टलले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोड्दा पहिलो राउन्डको खेल खेलेको युनाइटेड अंकविहीन बन्यो।

यता गएराति नै सम्पन्न अर्को खेलमा आर्सनलले घरेलु मैदानमा वेस्टहाममाथि २–१ गोलको जित निकालेको छ। त्यस्तै, फुलहामले लिड्स युनाइटेडसँग ४–३ गोलको हार बेहोरेको छ।

आजका खेल

साउथह्याम्टन र टोटेनहमः साँझ पौने ५ बजे
न्युकासल र ब्राइटोनः साँझ पौने ७ बजे
चेल्सी र लिभरपुलः राति सवा ९ बजे
लेस्टर सिटी र बर्नलीः राति पौने १२ बजे

प्रकाशित: Sep 20, 2020| 01:41 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।