बुधबार, चैत ४, २०८२

साल्केको पोस्टमा बायर्नको आठ गोल

शुक्रबार रातिबाट सुरु भएको बुन्डेसलिगाको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले साल्केविरुद्ध सानदार जित निकालेको छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

काठमाडौं– शुक्रबार रातिबाट सुरु भएको बुन्डेसलिगाको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले साल्केविरुद्ध सानदार जित निकालेको छ।

National life

बायर्नको एलिनाज एरियाना रंगशालामा सम्पन्न खेलमा बायर्नले ८–० गोलअन्तरको जित निकालेको हो।

जितका लागि सार्ज गिन्याब्रिले ह्याट्रिक गरे भने लियोन गोरेट्जा, रोवर्टों लेवान्डोस्की, थोमस मुलर, लिरोय साने र जमल मुसियलाले समान १–१ गोल गरे।

खेलको चौथो मिनेटमै गोल गर्दै गन्याब्रिले सुरुवाती अग्रता बनाए। चौथो मिनेटबाटै दबाबमा आएको साल्केले १९ औं मिनेटमा गोरेट्जाबाट दोस्रो गोल खायो।

त्यस्तै, पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै लेवान्डोस्कीले ३१ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा डिफेन्डिङ च्याम्पियन ३–० गोलले अघि रह्यो।

Laxmi sunrise bank
kumari

दोस्रो हाफमा त बायर्नले पाँच गोल थप्यो। ४७ औं मिनेटमा र ५९ औं मिनेटमा क्रमशः दुई गोल गर्दै गन्याब्रिले ह्याट्रिक पुरा गरे। त्यसको १० मिनेट नबित्दै मुललरले गोल गर्दा बायर्न ६–० गोले अगाडि रह्यो।

पहिलो खेलमै उत्कृष्ट लयमा रहेको बायर्नका सानेले ७१ औं मिनेटमा र मुसियलाले ८१ औं मिनेटमा गोल गर्दै सानदार जित निकालेका थिए।

खेलमा जोसुवा किमिचले तीन एसिस्ट गरे भने लेवान्डोस्की र सानले समान २–२ एसिस्ट गरे। एकमात्र एसिस्ट गर्नेमा मुलर रहे।

जितसँगै बायर्नले ३ अंक जोडेको छ। उद्घाटन खेल मात्र भएको खेलमा बायर्न शीर्ष स्थानमा छ।

प्रकाशित: Sep 19, 2020| 02:00 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।